Saturday, January 23, 2021
Home > मुख्य खबर > सरकार निर्वाचनको गृहकार्यमा जुटेको छ : राज्यमन्त्री खड्का

सरकार निर्वाचनको गृहकार्यमा जुटेको छ : राज्यमन्त्री खड्का

लमजुङ, १६ माघ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकार निर्वाचन गराउने गृहकार्यमा जुटेको बताएका छन् ।

मङ्गला उच्च माध्यामिक विद्यालयको ५५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज सोतिपसलमा आयोजित कार्यक्रममा वर्तमान सरकारको पहिलो प्राथमिकता निर्वाचन भएको बताए । उनले भने, ‘सरकारले चाँडो निर्वाचनको मिति घोषणा गर्छ ।’

राज्यमन्त्री खड्काले लमजुङ अत्याधिक स्रोतसाधनयुक्त जिल्ला भएकाले आर्थिक विकासमा प्रचुर सम्भावनायुक्त जिल्ला रहेको बताए । उनले भने, ‘मेरो संखुवासभाजस्तै यो जिल्लापनि अत्यन्त सम्भावनायुक्त जिल्ला छ यसलाई भरपुर उपयोग गरे देशको विकासमा टेवा पुग्छ ।’

राज्यमन्त्री खड्काले लमजुङ शैक्षिक क्षेत्रमा अगाडि रहेको जिल्ला भएको बताउँदै यस जिल्लाले राज्यको विकासमा ठूलो सहयोग पुगेको बताए ।

Leave a Reply