Thursday, January 21, 2021
Home > mophosala > ‘हो म बेग्लाबेग्लै पुरुषसँग यौन सम्बन्ध राख्न मन पराउँछु’

‘हो म बेग्लाबेग्लै पुरुषसँग यौन सम्बन्ध राख्न मन पराउँछु’

२४ वर्षकी गरिमा एकैपटक तीन युवकलाई माया गर्छिन् । ती तीनै युवा उनका केटा साथी हुन् । गरिमाका तीनैजना केटा साथीबीच एकआपसमा चिनजान मात्रै छैन, उनीहरू सबै गरिमाको प्रेममा छन् भन्ने राम्रोसँग जान्दछन् । एउटी युवतीबाट तीन युवकलाई माया बाँड्न सम्भव छ भन्ने कुरा महत्वपूर्ण हो । यो प्रश्न गरिमालाई सोधियो भने उनले ‘सम्भव छ’ भनिन्छ ।

विशेषतः गरिमा अहिले जुन सम्बन्धमा छिन् त्यसलाई पोलिएमरस रिलेसनसिप भनिन्छ । यस्तो सम्बन्ध रुचाउने महिलालाई पोलिएमरी नामले चिनिन्छ । संसारभरि नै यस्तो सम्बन्ध बनाउनेहरू सार्वजनिक हुन रुचाउँछन्, लुकाउँदैनन् ।

पोलिएमरी ग्रीक र लेटिन भाषाको शब्द मिलेर बनेको हो । पोली (ग्रिक) र एमोर (लेटिन) मिलेर बनेको शब्द हो । पोलीको अर्थ केही अर्थात् एकभन्दा बढी र एमोरको अर्थ पे्रम । अर्थात् एकभन्दा बढी व्यक्तिसँग पे्रम गर्ने चलन । पोलिएमरीमा सबैभन्दा ठूलो सर्त– सम्बन्धमा इमान्दारी र पारदर्शिता हो । यो सम्बन्धमा प्रत्येक पार्टनरले एकअर्कालाई राम्रोसँग जान्दछन् । सबैको सहमतिमै यो सम्बन्ध अघि बढ्छ ।

गरिमाको प्रेम कथा
म त्यस्तै १३–१४ वर्षकी थिएँ, त्यही बेला मेरो पहिलोपटक प्रेम बस्यो । हामी एकअर्कामा धेरै खुसी थियौं, सबै कुरा ठीकठाकसँग चलेकै थियो । त्यस्तै बेलामा अरु कुनै एकजनाको पे्रममा म आकर्षित भएँ । साथै म पहिलो पार्टनरलाई पनि छोड्न चाहदिन थिएँ । एक युवतीका लागि दुई पार्टर सम्भव छ भन्ने महत्वपूर्ण सवाल ममाथि थियो ।

किशोर अवस्थाका केही वर्ष मेरा लागि धेरै उल्झन र समस्याग्रस्त थिए । म गम्भीर रूपमा ‘आइडेन्टिटी क्राइसिस’ (पहिचानको संकट) सँग जुधिरहेकी थिएँ । मलाई चिन्ने केहीले मलाई ‘चरित्रहीन’ को उपाधि दिइरहेका थिए । धेरैले मलाई ‘सेक्स’ लत बसेको प्रचार गरिरहेका थिए । उनीहरूले मलाई मनोचिकित्सक कहाँ सल्लाह दिइरहेका थिए ।

म काउन्सिलमा गएँ । काउन्सिलले मलाई धेरै सम्झाए, तर उनले भने, ‘एउटी केटीको अरु केटा हुँदाहुँदै अर्को केटाले यस्तो प्रेम कसरी स्वीकार गर्छ ?’ उसको कुराले पुनः एकपटक ममा ग्लानि भरियो ।
यस बीचमा अध्ययनका लागि म विदेश गएँ । त्यहाँको माहोलमा आफूले आफैलाई सम्झाउन धेरै हदसम्म सहयोग पुग्यो । त्यहाँ मैले आधुनिक सम्बन्ध, यौन र इभोल्युसनका धेरै पुस्तक पढें । त्यसपछि आफूजस्ता मान्छे भेटे, जसले त्यस्तो पे्रम स्वीकार गरेर उनीहरू यस्ता कुरा भन्न लाज मार्दैन थिए । विस्तारै मबाट पनि ग्लानि र लाजको भावना बाहिर निस्कँदै गयो ।

विदेशमा पनि मैले अर्का एकजना साथीलाई अपनाएँ । ऊ उमेरमा मभन्दा निक्कै जेठो थियो, तर समझदार थियो । ऊसँग मैले आफ्नो स्वभावबारे खुलेर कुरा गरें । उसले भन्यो, ‘मेरो विचारमा तिम्रो जिन्दगी बाँच्ने तरिकासँग मलाई कुनै समस्या छैन ।’ त्यसपछि हामी एकअर्काको माया र निजी जीवनको आनन्दले बिताउन थाल्यौं । तर म अर्को कुनै एकजनासँग नजिकिन थाले, सबै कुरा बद्लिँदै गयो । मेरो त्यो साथी सैद्धान्तिक रूपमा ‘पोलिएमरी’ सँग सहमत थियो । जब उसले मेरो वास्तविकता थाहा पायो, तर पनि ऊ बिच्किएर हिँड्न चाहेन ।

उसले मसँग केही अनौठा संवाद गर्न थाल्यो । जस्तो, मेरो मायामा कुनै कमी छ ? के हाम्रो सम्बन्ध कमजोर छ ? के हाम्रो सेक्स लाइफ राम्रो नभएर तिमी अर्कोतिर आकर्षित भएको त छैनौं ? यद्यपि मैले सबै कुरा पहिले भनिसकेकी थिएँ, त्यसैले उसलाई सम्झाउने मसँग केही कुरा बाँकी थिएन । त्यसैले हामी विस्तारै टाढा हुन थाल्यौं ।

केही वर्षपछि म भारत फर्किएँ । त्यतिबेलासम्म मसँग पालिएमरीका बारेमा प्रशस्त जानकारी एकत्रित गरिसकेको थिएँ । त्यसैले यसबारे मैले अझ अध्ययन र अनुसन्धान गर्न थाले । समयसँगै मैले थाहा पाएँ, भारतमा पनि धेरै पोलिएमरस रहेछन् । आफूलाई पोलिएमरस हुँ भन्ने लगभग सयजनाभन्दा बढीलाई म व्यक्तिगत रूपमा चिन्छु । उनले सामाजिक सञ्जालमा समुदाय र सपोर्ट ग्रुप बनाइन् । त्यसमा उनीहरू खुलेर कुरा गर्न सक्छन् ।

फेसबुकमा एउटा यस्तो नजिकका समूह छ, जसलाई बेंगलुरु पोलिएमरी भनेर चिनिन्छ । यो ग्रुप पोलिएमरस व्यक्तिहरूले बैठक, भेटघाट र स्पट डेटिङजस्ता कार्यक्रम आयोजना गर्छ । म पनि त्यस्तै एउटा इभेन्टमा गएँ । मलाई एकदमै राम्रो लाग्यो । त्यसपछि आफूलाई एक्लो पाउन छाडे । विस्तारै म आफ्नो जिन्दगीमा फर्कन थाले ।

यसबीचमा मेरो डेटिङ ऐप टिन्डरमा मिहिरसँग भेट भयो । केही भेटघाटपछि मैले मिहिरलाई आफ्नाबारे सबै कुरा भनें । त्यसपछि हामी एकअर्काको सम्बन्धलाई इमान्दारी रूपमा बिना दबाब जीवनलाई अघि बढाउने निष्कर्षमा पुग्यौं । मेरो र मिहिरको सम्बन्ध भएको ६ महिनापछि कुनै अर्को मन प¥यो । म उससँग डेट गर्न चाहन्थे । मैले यो कुरा मिहिरलाई भने, उसले मलाई भेट्न अनुमति दियो । हामीबीच सांसारिक सम्बन्ध बनेको मिहिरलाई सुनाएँ ।

यो सबै सुनेर मिहिरले अनुकूलित हुँदै प्रतिक्रिया दियो । उसलाई ज्यादै नराम्रो लागेको अथवा ईष्र्याले जलेको महसुस भएन । तर उसले आफ्नो भावना सालिन ढंगले प्रस्तुत ग¥यो । तर उसको प्रस्तुतिले मलाई धेरै प्रभावित बनायो । आगामी दिनमा पनि मिहिरले साथ दिन्छ भन्ने सम्झेको थिएँ । पछि उसले मेरो अर्को पार्टनरसँग भेट ग-यो ।

फेरि केही समयपछि मलाई तेस्रो व्यक्ति पनि मन प¥यो । उसँगको सम्बन्ध पनि मैले अघि बढाएँ । अर्थात् सिधा शब्दमा भन्दा मेरो तीनजना केटा साथी भएँ । यद्यपि मेरो मुख्य पार्टनर मिहिर थिए, मेलै धेरै समयचाहिँ उससँग बिताउथे । त्यसो त पोलिएमरसका लागि सबैभन्दा ठूलो चुनौती भनेकै समय हो । सबैलाई समय दिन सकिँदैन । समय दिन सकिएन भने सम्बन्धलाई निरन्तरता दिन समस्या उत्पन्न हुन्छ । आफैलाई समय नपुगेका बेला दुई तीनजनासँगको सम्बन्धलाई निरन्तरता दिनु चानचुने कुरा होइन । समय व्यवस्था एकदमै चुनौतिपूर्ण हुन्छ ।

पोलिएमरस हुँ भन्ने कुरा मैले अभिभावकलाई भनिसकेको छु । उनीहरूले केही हदसम्म स्वीकार पनि गरेका थिए । तर उनीहरूले पोलिएमरसको अवधारणाबारे बढी बुझ्दैन थिए । मिहिरका लागि धेरै सहज थियो, किनभने ऊ हाम्रो घर आउने जाने गथ्र्यो । बाँकी दुई मेरा पार्टनरका लागि सहज थिएन । त्यसैले उनीहरूका बारेमा म घरमा कुरा गर्दिन थिएँ । विवाहविरोधी हुँ म । यदि विवादका लागि धेरै दबाब आयो भने र मेरो विचार बद्लियो भने म मिहिरसँगै विवाह गर्छु । बुझ्नेहरू मलाई चरित्रहीन र बेश्या भन्छन् । त्यसले मलाई खासै फरक पर्दैन । कोही मान्छे बढी बोल्न थाले भने म उनीहरूलाई सिधै भन्छ, ‘हो म बेग्लाबेग्लै पुरुषसँग सम्बन्ध राख्न मन पराउँछु ।’

Leave a Reply