Saturday, January 23, 2021
Home > mophosala > राजधानी हेटौंडाबाट सर्दैन : नेता बानियाँ

राजधानी हेटौंडाबाट सर्दैन : नेता बानियाँ

कांग्रेस मकवानपुरका सभापति एबं प्रदेश ३ का प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले प्रदेश ३ को स्थायी राजधानी हेटौंडाबाट अन्त नसर्ने दावी गर्नुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना हेटौंडामा भएको राष्टिय औद्योगिक व्यापार मेलाको आज समापन कार्यक्रममा बोल्दै नेता बानियाँले स्थायी राजधानी हेटौंडा नै रहने बताउनुभएको हो । कार्यक्रममा बोल्दै बानियाँले मेला सफल भएकोमा शुभकामना पनि दिनुभयो ।

सिङ्गो प्रदेश ३ को विकासमा सबै उद्योगी व्यवसायी लाग्नुपर्नेमा बानियाँले जोड दिनुभयो । 

कार्यक्रममा प्रदेश ३ का सांसद प्रेम बहादुर पुलामी, सन्त चेपाङ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, नेपाल उद्योग वाणिज्य महासंघ केन्दीय सदस्य राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, हेटौंडा ७ का वडाअध्यक्ष राजन थापा, हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँ, हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्का मकवानपुर निमार्ण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल लगाएतको उपस्थिति रहेको थियो

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply