सायद 028 साल को इतिहास दोर्याउन प्रधानमन्त्री र 052 को झल्को फेरि दिन प्रचण्ड कम्रेड लाग्नु भएको होकि ? हनुमानहरु जय जयकार गर्न तत्लिन छ्न ,देश फेरि अब गृहयुद्व तर्फ धकेल्लिने पक्का छ । लोकतन्त्र मा फरक बिचार राख्न पाइन्छ तर राजनितिक प्रतिबन्ध लगाएर के पंचायती शासन को अभास होकि ज्ञानेन्द्रको 061 जस्तो शासन को परिकल्पना हो दुई तिहाइ सरकारको।
देश भित्रको एक भुभाग अलग्यै बनाउछु भन्ने लाई राज्यले औपचारिक कार्यकर्म गरि फुलमाला लगाउछ अनि अर्को राजनितीक बिचार बोकेको पाटिलाई बार्ताको माध्य्म द्वारा निकास दिनु बदला प्रतिबन्ध लगाएर दन्दको स्थिती सृजना गर्छ दुइतिहाइको सरकार ?
कम्रेड यो सुनौलो अबसर फेरि प्राप्त हुदैन , देशलाई फेरि बिकास र सम्बृदिको पाटो छोपेर अन्धकार तर्फ लैजाने प्रयत्न ले नेपाली जनतालाइ फाइदा छैन ।नेपाली जनता अब द्न्द होइन बिकास र सम्बृदी चाहान्छ्न। ख्याल गर्नुस कम्रेड हिजो चुनाब अगि बोलेको र अहिले जनमत आफ्नो पक्षमा आए पछि गरेको कामले ।
चुनाबको जनमत सधै एकैको पक्षमा हुदैन , जसरि अरुलाइ ढाटेर केही सिट ल्याएको भन्नेर सदनमा रहेका दल लाई भन्नुभन्दा संसद र संसद बाहिर रहेका राजनीतिक दल संग राष्ट्र हित को बारेमा छलफल गरि बिकास र समृद्धि को बाटोमा जानुको बिकल्प छैन, फेरि मेरो आशय यो होइन कि बिप्लब ले राम्रो काम गरेको छ भन्ने होइन , मुलधारको राजनितिमा बिप्लब पनि आउनु पर्छ सरकारले उसलाई ल्याउने बाताबरण बनाउनुपर्छ ।