Tuesday, January 26, 2021
Home > special_two > हिंसा होइन शान्तिपूर्ण बाटोबाट खुला राजनीतिमा आउन विप्लवलाई तरुण दलको आग्रह

हिंसा होइन शान्तिपूर्ण बाटोबाट खुला राजनीतिमा आउन विप्लवलाई तरुण दलको आग्रह

काठमाडौं । नेपाल तरुण दलले सिके राउतसंग राजनीतिक सहमति गरेर नेत्रविक्रम चन्द नेतृत्वको माओवादी माथि प्रतिवन्ध लगाउनु सरकारले मुलुकमा द्धन्द निम्त्याउन चाहेको बताएको छ ।

आज दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ती जारी गर्दै दलले सो धाराणा व्यक्त गरेका हुन् । तरुण दलले विप्लव पनि एउटा राजनीतिक शक्ती भएकाले यसलाई पनि राजनीतिक रुपमै समस्या समाधान गर्नुपर्ने विज्ञप्तीमा भनिएको छ ।

तर वर्तमान सरकारले समस्या समधान गराउनुको साटो उल्टै समस्या व्यूताउने काम गरिरहेको तरुण दलको आरोप छ । तरुणदलले विप्लव समुहरुलाई हिंसाको बाटो भन्दा पनि शान्तिपूर्ण बाटोबाट खुला राजनीतिमा आउन आग्रह गरेको छ ।

Leave a Reply