Tuesday, January 26, 2021
Home > special_four > कास्की क्षेत्र न २ का मतदाता भन्छन्र: रवीन्द्र त हामीले गुमायौ,अबको आधार देबराज चालिसे

कास्की क्षेत्र न २ का मतदाता भन्छन्र: रवीन्द्र त हामीले गुमायौ,अबको आधार देबराज चालिसे

कास्की । समृद्धिको नारा बोकेर बिकासप्रेमी भनिएका र आम युवाहरूको आशा र भरोसाको केन्द्र मानिएका रवीन्द्र अधिकारीको निधन पछाडि देशैभरी कास्की क्षेत्र न २ मा पनि उपनिर्वाचनको चर्चा चलिरहेको छ ।

अधिकारीले अघिल्ला पटकका २ वटा निर्वाचनमा सहज रुपमा बिजय हासिल गरेको भएतापनी प्रतिनिधि सभा निर्वाचन—२०७४ मा भने मतदातालाई पनि कुन रोज्ने र कुन छोड्ने भन्ने सन्दर्भको निर्णय लिन हम्मेहम्मे परेको थियो ।

दुई पटक निर्वाचन जितिसकेकोले गर्दा रवीन्द्र अधिकारीलाई चुनाव जित्न सहज देखिएपनी विद्यार्थी राजनीतिबाट आफ्नो राजनैतिक यात्रा प्रारम्भ गरेर काङ्ग्रेसको राजनीतिमा समेत अब्बल मानिने नेता देबराज चालिसे चुनावी मैदानमा होमिइसकेपछी मतदाताले पनि चालिसेलाई कमजोर उम्मेदवारको रुपमा आकलन गर्न भने कसैले सकेका थिएनन् ।

निर्वाचनको मैदानमा उत्रिसकेपश्चात कुनै एक बिजेता र अर्को उम्मेदवार उपविजेता हुनुपर्ने परिस्थिति निश्चित थियो तर चालिसे र अधिकारी दुवै सरल र सहज रुपमा आफ्नो क्षेत्रमा चितपरिचित अनुहार मानिन्थे । दुवै नेता विद्यार्थी राजनिती बाट आफ्नो यात्रा प्रारम्भ गरेर पार्टीको राजनीतिमा समेत आफुलाइ स्थापित गर्न सफल भएका र क्षेत्रगत बिकासलाइ महत्व दिने नेताहरु भएको कास्की क्षेत्र न २ का मतदाताहरु बताउछन,सौहार्दपुर्ण ढंगले सङ्सगै मत माग्दै हिडेका दुवै उम्मेदवार मध्ये तत्कालीन समयमा प्राविधिक हिसाबले रवीन्द्र अधिकारी विजेता भएपनी चालिसेलाइ पनि क्षेत्र न २ ले गुमाउन नहुने पात्रको रुपमा मतदाताले हेरेका छ ।

बिकासप्रेमी नेताको रुपमा चिनिएका चालिसे र अधिकारी मध्ये विजेता अधिकारी आज समयक्रमले हामिसामु रहनुभएन । यसैपनि पछिल्लो समयमा एनसेल,पोखरा यरपोर्ट र वाइडवडी प्रकरणमा भ्रस्टाचार गरेको आरोप खेपेका रविन्द्रको राजनैतिक जिवनमा ठूलो धक्का लागिसकेको थियो,चित्तबुझ्दो जवाफ नआएसम्म हामी अब रवीन्द्रलाई जिताएर पठाउने स्थितिमा थिएनौ ।

न त रबिन्द्र हामी सामु छन् न त भष्ट्रचारको खोजी भयको छ।अब हिजोको परिस्थिति रहेन,आजको परिस्थिति भनेको बिगतदेखी वर्तमानसम्म जनताको माझमा रहेर जनताको शिर उच्च बनाउन सक्ने र समृद्द पोखरा निर्माण गर्ने तागत भयको उमेदवार कास्की क्षेत्र न २ ले खोजिरहेको छ ।

प्रतिनिधि सभा निर्वाचन २०७४ का उम्मेदवार समेत रहेका चालिसे आज फेरि जनताको सुझाब र आग्रह अनुसार उपनिर्वाचनमा उमेदवार बन्ने लगभग पक्का भयको छ।आम जनताको घर घरमा पुगेर मत माग्दै गर्दा मतदातासामु गरेका बाचालाइ नबिर्सिकन जनताकै समिपमा रहेर मतदाताका मागलाइ सम्बोधन गर्दै समृद्द पोखरा र समृद्द नेपाल निर्माणको अभियानमा लागेका चालिसे आज काङ्ग्रेस मात्र हैन सिंगो क्षेत्र न २ कै बिकाश र समृद्दिको बलियो आधार भयको आम जनताले बताउदै आयका छन ।

यता काङ्ग्रेसका नेता कार्यकताले पनि कुनै गुट उपगुटको आखाको नहेरिकन हाल्सम्मको राजनैतिक यात्रामा कुनै बिबादमा नपरेको र स्वस्छ छवि भयका सम्भाबित उम्मेदवार मध्ये जनताको माझमा राम्रोसँग चिनियका शैक्षिक र राजनीतिक योग्यता पूरा गरेका चालिसेलाइ नै काङ्ग्रेसले उमेदवार बनाउनु पर्ने आशय व्यक्त गरेको ने बि संघ कास्किका विद्यार्थी नेता राजिब बास्तोलाले बताए ।

Leave a Reply