Saturday, January 23, 2021
Home > special_two > सिके राउतलाई समाजबाट बहिष्कार गर्नुपर्छ: रञ्जित कर्ण

सिके राउतलाई समाजबाट बहिष्कार गर्नुपर्छ: रञ्जित कर्ण

काठमाडौं । नेपाली काग्रेसका युवा नेता रञ्जित कर्णले बहुरुपी विखण्डनकारी सेके राउतलाई समाजबाट बहिष्कार गर्न आब्हान गर्नुभएको छ । उहाँले आज आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सबैमा आग्रह गर्नुभएको छ ।

बहुरुपी विखण्डनकारी सिके राउतलाई समाजबाट बहिष्कार गरौ भन्नुभएको छ । उहाँले नेपाल सरकारसंग राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने प्रतिबद्धता पूरा गरेको केही समय पछि पुनः तराईमा विखण्डनको नारा लगाउने सिके राउतलाई अब पनि बहिस्कार गरिएन भने समाजमा सार्वभौम सत्ता र अखण्डता धरासायी बन्न पुग्छ भन्नुभएको छ ।

उहाँले मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध छन् । त्यसैले यो सिके राउतको केही सहयोगीबाट आत्तिएर होईन उनीहरुलाई संवैधानिक रुपमा कारबाही गर्नुपर्छ भन्नुभएको छ । उहाँले हामी अब नेपाल आमालाई बेश्या भन्ने सिके राउतलाई सामाजिक बहिस्कारको लागि मंगलबार सप्तरीको राजविराजदेखि भण्डाफोर अभियान सुरु गर्ने तयारीमा छौं । भन्नुभएको छ ।

Leave a Reply