Wednesday, January 27, 2021
Home > special_three > जेल हाल्नुपर्ने सिके राउतलाई ११ बुँदे सहमति गरेर ओलीले राष्ट्रिय हिरो बनाएः भुपेन्द्रजंग शाही

जेल हाल्नुपर्ने सिके राउतलाई ११ बुँदे सहमति गरेर ओलीले राष्ट्रिय हिरो बनाएः भुपेन्द्रजंग शाही

काठमाडौं । दुई तिहाइ बहुमतको बलियो कम्युनिस्ट सरकारका कारण मुलुकमा बेथिति, अराजकता भएको भन्दै विरोध भैरहेका बेला नेपाल तरुण दलले आफूलाई संगठन सुदृढीकरण र सरकारविरुद्धका गतिविधिलाई तिब्र बनाएको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले आफूहरूलाई जिल्ला केन्द्रित बनाएका छन् । अध्यक्ष बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवासँग विभिन्न जिल्लाहरूमा सँगै गएका छन् ।

महासचिव शाहीले पनि आफूलाई सोमबारबाट जिल्ला केन्द्रित बनाउँदै छन् । शाही सोमबार तरुण दलको कार्यक्रममा सहभागी हुन चितवन प्रस्थान गर्दैछन् ।

चितवनको कार्यक्रम सम्पन्न भएपछि महासचिव शाही फागुन २८ गते मंगलबार नवलपरासी र बुटवलको कार्यक्रममा सहभागी हुनेछन् ।फागुन २९ गते अर्घाखाँची र फागुनको ३० र ३१ गते कपिलवस्तु जिल्लामा हुने कांग्रेस र तरुण दलका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

महासचिव शाहीले कम्युनिस्ट सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन गर्ने बेला आएकाले राजधानीमा भन्दा जिल्ला केन्द्रित भई नेता तथा कार्यकर्ताहरूलाई संगठित गर्नुपर्ने बेला आएको बताए ।

‘कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन अति आवश्यक भैसकेको छ’, उनले भने, ‘संविधान विपरितका गतिविधि हुन थालेका छन् । कम्युनिस्ट सरकारले बिखण्डनकारीलाई साथ दिएको छ । मुलुकको राष्ट्रियता र स्वतन्त्रता बचाउन युवा तरुणहरूको काँधमा जिम्मेवारी आएको छ ।’

शाहीले बिखण्डनकारी सिके राउतलाई जेलमा थुन्नुपर्नेमा ११ बुँदे सहमति गरेर ओली सरकारले राष्ट्रिय हिरो बनाएको भन्दै विरोध गरिसकेका छन् ।

Leave a Reply