Tuesday, January 19, 2021
Home > special_two > गगन थापाको प्रश्नः के र कसका लागि जनमत संग्रह ?

गगन थापाको प्रश्नः के र कसका लागि जनमत संग्रह ?

सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतबीच भएको सहमतिको विषयमा प्रतिनिधि सभाको बैठकमा गम्भिर चासो र चिन्तासहित सरकारसँग सत्ता र प्रतिपक्षी दलका सांसदले जवाफ माग गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा सून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकार र राउतबीच भएको सहमति सकरात्मक भएपनि त्यसको पृष्ठभूमि र शैलीले अदालत र सरकारबीच कतै मिलिभगत त चलिरहेको छैन भनि गम्भिर आशंका व्यक्त गरे।

उनले भने, नेपाल सरकार र पृृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संयिवधानको सीमाभित्र रहेर मधेस र मधेसीको हक खोज्ने भनि भएको सहमति सकरात्मक छ। तर, सहमतिको पष्ठभूमि र शैलीले अदालत र सरकारकोबीच कतै मिलिभगत त चलिरहेको छैन भने गम्भिर प्रश्न उठाएको छ।’

उनले सहतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आआफ्नै व्याख्या गर्न थालेपछि सकरात्मक वातावरणलाई संसयको घेरमा ल्याएको पनि बताए।

सहमतिको बुँदामा प्रयोग भएको पदावलीप्रति आपत्ति जनाउँदै थापाले भने, ‘के को लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह हामीलाई उत्तर चाहिन्छ। अत सहमतिको बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यसविषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि सभामुखसँग जोडदार अनुरोध गर्दछु।’

Leave a Reply