Saturday, January 16, 2021
Home > special_one > कार्यकर्तालाई भेट्न जिल्ला दौडाहामा वरिष्ठ नेता पौडेल

कार्यकर्तालाई भेट्न जिल्ला दौडाहामा वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि प्रदेश ४ र ५ का विभिन्न जिल्ला दौडाहामा निस्केका छन् । पौडेल चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनी आज चार नम्बर प्रदेशको म्याग्दीमा पुगेका छन् ।

म्याग्दी सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी पुगेका हुन् ।

बरिष्ठ नेता पौडेल बाग्लुङ, कास्की लगाएतका जिल्लामा पार्टीले आयोजना विभिन्न कार्यक्रमहरुमा सहभागी हुनेछन् । त्यसपछि उनी पाँच नम्बर प्रदेशका पश्चिम नवलपरासी, अर्घाखाँची र कपिलवस्तुमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडेल आइतबार फागुन २६ भोली बाग्लुङ्गको बेनीबाट पर्वतको जलजला गाउँपालिकाको मिलनचोकमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।

कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश कार्यक्रममा सहभागी भएर पौडेल सोही दिन कांग्रेस कास्कीको आयोजनामा नवनिवार्चित प्रेस युनियनका पदाधिकारी तथा सदस्यहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

पौडेल फागुन २७ गते कांग्रेस परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गरेर फागुन २८ गते सितगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखी क्याम्पसको धार्मिक महोत्सवमा सहभागी हुनेछन् ।

उक्त कार्यक्रमपछि पौडेल अर्घाखाँचीको सन्धीखर्क–६ नरपानीमा वी.पी. पार्क र वडा कार्यालय भवनको शिलन्यास गर्ने कार्यक्रम छ । फागुन २९ गते बिहान महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन गरेपछि पौडेलले छत्रदेव गाउँपालिका–४ मा शहिद रामहरी ज्ञवाली, शहिद शिवलाल पोखरेल, शहिद पदम लोचन श्रेष्ठको सालिक अनवरण गर्नेछन् भने शहिद रा.शि.प. स्मृति भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन आयोजित आमसभालाई सम्बोधन गरेर पौडेल फागुन ३० गते नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन गर्न पुग्नेछन् । चैत १ गते कपिलवस्तुका विभिन्न स्थानहरुमा आयोजित कार्यक्रम तथा कार्यकर्ता भेलालाई सम्बोधन गरेर पौडेल सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply