Tuesday, January 26, 2021
Home > mophosala > रवीन्द्र अधिकारीको मृत्युबारे योगेश भट्टराइले खोले कसैले विश्वास नै गर्न नसकिने रहस्

रवीन्द्र अधिकारीको मृत्युबारे योगेश भट्टराइले खोले कसैले विश्वास नै गर्न नसकिने रहस्

 काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि नेकपाका नेता एवं सांसद योगेश भट्टराईले दुर्घटनाको समयले उत्तर माग्ने प्रतिक्रिया दिएका छन ।
सामाजिक सञ्जालमा नेता भट्टराईले लेखेका छन्, ‘भिआइपी उडानमा पाइलटसहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजारमै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले ।
तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’ नेता भट्टराईले कुटनीतिक शैलीमा हेलिकोप्टर दुर्घटनाप्रति आशंका व्यक्त गरेका छन्।
सुकेटारबाट पाथिभरा जाँदा सधै यात्रु झार्ने गरिएकोमा यसपालि किन त्यसो गरिएन भनेर उनले प्रश्न गरेका छन्। प्रधानमन्त्री ले नै निर्देशन दिएर पठाएका थिए ७ जनाको टोलिलाइ ।
 नेता भट्टराईले उत्तर माग्दै लेखेको स्टेटसमा प्रतिक्रिया जनाउने व्यक्तिले झनै गम्भीर शंका गरेका छन् । विशाल पाण्डेय नामबाट गरिएको कमेन्टमा लेखिएको छ, ‘ड्राइभर अमर लामाको मृत्युसँगै मदन भण्डारीको घटना रहस्यमय बन्यो ।
त्यस्तै खर्बाैं रुपैयाँ वाइडबडी घोटाला काण्ड रहस्यमय बनाउनलाई मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टरलाई गिराएर अर्को दासढुंगा रचिएको त होइन ? यतिबेला जनतालाई शंका लागिरहेको छ । मन्त्री लगायत दुर्घटनामा परी मृत्यु हुने सबैलाई हार्दिक श्रद्धाञ्जली ।’
साभार channelnp.com

 

Leave a Reply