Wednesday, January 27, 2021
Home > special_two > हेलिकोप्टर दुर्घटना अपडेट: पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव आजै काठमाडौं ल्याउने

हेलिकोप्टर दुर्घटना अपडेट: पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव आजै काठमाडौं ल्याउने

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । कालिका होटल सन्चालक सुरज भट्टराईले भने, ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ ।

Leave a Reply