Friday, January 22, 2021
Home > special_one > कम्युनिष्ट सरकारले नदेखेकाे कालिकोट अग्नीपीडितलाई मनकारी कांग्रेस नेता शाहीले यसरी गरे दान

कम्युनिष्ट सरकारले नदेखेकाे कालिकोट अग्नीपीडितलाई मनकारी कांग्रेस नेता शाहीले यसरी गरे दान

कालिकोट । कालिकोट अग्नीपीडितलाई राहत वितरण गरिएको छ । जिल्लाको पलाता गाउँपालिका–१ खाडा न्यौपाने वाडाका अग्नीपीडितहरुलाई राहत वितरण गरिएको हो ।

नेपाली काँग्रेसका महासमिति सदस्य टेकराज शाहीले आफ्नो व्यक्तिगत पहलमा खाडाका अग्नीपीडितका लागि राहत वितरण गरेका हुन् । गत पुस ९ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा दिन बिताइरहेका पलाता खाडागाँउका आगलागी पीडितहरुलाई राहत स्वरुप चामल, नुन, तेल, चिनी , स्टेशनरी लगायत सामग्री प्रदान गरिएको हो ।

महासमिति सदस्य शाहीसंगै शुभकालीका गाउँपालिका–७ का वडा सदस्य भगवती देवकोटा, नेविसंघ मध्यपश्चिम विश्वविद्यालयका कोषाध्यक्ष सुरेन्द्र काफ्ले र स्वास्थ्यकर्मी संघका जिल्ला उपाध्यक्ष नारायण भट्टराई सहितको टोली खाडामै पुगेर अग्नीपीडितहरुलाई राहत वितरण गरेका हुन् ।

खाडाका अग्नीपीडित घरपरिवारलाई १ कट्टा चामल, १ थान बलाक्केट, १ लिटरका दरले खानेतेल, बालबालिकाका लागि २ दर्जन कपी, १÷१ वटा झोला, १ दर्जन कलम वितरण गरिएको महासमिति सदस्य शाहीले बताए । उनले भने , ‘गत पुस ९ गते राती आगलागि भएको थियो, समयले साथ दिएको थिएन् यसपटक अग्नीपीडितको घाउँमा मलहम लगाउनका लागि व्यक्तिगत रुपमा आफुले सकेजति सहयोग गरेको छु ।’ खाडाका २ जना अपाङगलाई पनि राहत दिएको बताए । मानवीय सेवा नै धर्म भएकाले पीडितहरुलाई सहयोग गरेको शाहीले बताए ।

आगलागिबाट घरबार विहिन भएका अग्नीपीडितलाई सानो सहयोग गर्न पाउँदा आफु निकै खुशी भएको भन्दै महासमिति सदस्य शाहीले भने, ‘स्थानीय तह निर्वाचनमा तिलागुफा नगरपालिकाबाट वडा सदस्यमा निवार्चित भएसकेपछि सरकारले जनप्रतिनिधिलाई दिदै आएको १ वर्षको पारिश्रमीकबाट हुन आउने ८४ हजार रुपैँया खाडाका अग्नीपीडितलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

उनले खाडामा शौचालयको अभाव भएकाले आगलागिबाट नष्ट भएको प्रतिघर शौचालय निमार्ण गरिदिने पनि प्रतिवद्धता जनाए । साथै स्वास्थ्यकर्मी संघका उपाध्यक्ष नारायण भट्टराईको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले अग्नीपीडित ९ जनालाई निशुल्क चेकजाँच पनि गरेको छ ।

नेपाल स्वाथ्य कर्मिसंघका जिल्ला उपाध्यक्ष नारायण भटराईले पलताकाका आगलागीपीडितलाई दुई लाख बराबरको खाद्य सामग्रीका साथै ओढ्ने–ओछ्याउने लुगाकपडा प्रदान गरेको छ । आगलागीबाट करिव ३२ घर पूर्ण रुपमा जलेर नष्ट भयो थियो । गाउँको तल्लो छेउमा रहेको नविन न्यौपानेको घरबाट सुरु भएको आगोले ३२ घर सखाप पारेका थिए ।

Leave a Reply