Sunday, January 24, 2021
Home > special_two > निर्मलाको डीएनए अमेरिकामा परीक्षण गरिने !

निर्मलाको डीएनए अमेरिकामा परीक्षण गरिने !

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका का निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ।

प्रहरी उच्च स्रोतका अनुसार डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि विश्वसनीयताका लागि डिएनए अमेरिकापठाउने प्रक्रिया सुरु गरिएको हो।

हाल निर्मलाको डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको छ। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोग तथा नागरीक स्तरबाट डीएनएको नमुना संकलन गर्दा त्रुटी भएको तथा प्रहरीको प्रयोगशालामा नै परीक्षण गरीनुले शंका उत्पन्न भएको भन्दै यसको वैधानिकतामाथि प्रश्न उठ्दै आएको थियो।

निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने एकमात्र बिकल्पको रुपमा रहेको डिएनए परीक्षणमा डिएनएको समग्र संकलन प्रक्रियाका लागि नै विज्ञ समुह गठन गर्न माग गरीँदै आएको छ।

Leave a Reply