Saturday, January 23, 2021
Home > mophosala > मिर्गौला पीडित लाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ द्वारा आर्थीक सहयोग रकम हस्तान्तरण

मिर्गौला पीडित लाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ द्वारा आर्थीक सहयोग रकम हस्तान्तरण

दुवै मिर्गौला पीडित बर्मालाई अन्तराट्रिय नेपाली रक्तदाता द्वारा आर्थीक सहयोग ।

विश्वभर छरिएका नेपाली रक्तदाताहरुको साझा संस्था अन्तराट्रिय नेपाली रक्तदाता का फ्रान्स संयोजक प्रशान्त उप्रेती द्वारा सिन्धुपाल्चोक, इन्द्राावती गाउपालिका ६ (हाल काठमाडौं मुलमानी निवासी) दिल बहादुर सार्की बर्माका १८ बर्षिय दुबै मृगौला पिडित छोरा सुजन बर्मा (जो बिगत १ वर्ष देखि नियमित डायलासिस गराउदै आईरहनु भएको छ) को उपचार सहयोगको लागी आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा अन्तराट्रिय नेपाली रक्तदाता का महासचिव निरन्जन पौडेल, सचिव राहुल रेग्मी, कोषाध्यक्ष उत्तम अधिकारी, सदस्य खेटराज मैनाली, राजेन्द्र ओझा लगायतका पदाधिकारीहरुको उपस्थितीमा फ्रान्सबाट प्रशान्त उप्रेतीज्युले पठाउनु भएको सहयोग रकम एक लाख रुपैया सुजन बर्माज्युको उपचारार्थ उनका पिता दिल बहादुर सार्की बर्माको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।
दिलबहादुर सार्की बर्माका छोरा सुजन सुप्रिम कलेज सानो थिमी भक्तपुरमा कक्षा १२ मा अध्यनरत छन् । पिसाव संक्रमण भई अपरेसन गर्दा उनको दुवै मृगोला फेल भएको र आर्थिक अभावका कारण मृगोला प्रत्यारोपण गर्न ठूलो रकमको आवशयकता परेको भन्दै पीडित बर्माले सहयोगको लागि अनुरोध गरेका छन् । हाल उनको उपचार नेपाल मेडिकल कलेज जोरपार्टीमा भइरहेको परिवारजनले जानकारी दिएका छन् ।

कार्यक्रममा अन्तराट्रिय नेपाली रक्तदाता मार्फत फ्रान्स बाट प्रशान्त उप्रेतीले गर्नु भएको सहयोग का लागि उहालाई धन्यवाद ब्यक्त गरिएको थियो ।

Leave a Reply