Sunday, January 24, 2021
Home > mophosala > पसुपति सर्माको(लुट्न सके लुट् कान्छा) गितमाथि सरकारको प्रतिबन्ध तरुणदल महासचिव शाही भन्छन् जनताको नैसर्गिग अधिकार माथि अतिक्रमण

पसुपति सर्माको(लुट्न सके लुट् कान्छा) गितमाथि सरकारको प्रतिबन्ध तरुणदल महासचिव शाही भन्छन् जनताको नैसर्गिग अधिकार माथि अतिक्रमण

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई प्रतिबन्द लगाएर अधिनायकवाद चरित्र देखाएको टिप्पणी गरेका छन् ।

गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक साबित भएको छ फेसबुकमा स्टाटस लेखेर महासचिव शाहीले भनेका छन् सांच्चिकै यो ओली सरकार लुटेरा प्रमाणित भएको छ। लुट ओली लुट।

उनले पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ चर्चित गीतलाई आफूले आफ्नै च्यानलबाट सार्बजनिक गरेको बताएका छन् । शाहीले ओलीलाई सरकारलाई चुनौती दिँदै भनेका छन् ओली सरकारले सक्छ भने पशुपति शर्मको गीतलाई मेरो आफ्नै युट्युब च्यानलमा राखेको छु । मलाई पक्राउ गरेर देखाउ ।

उनले कम्युनिस्ट सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको बताएका छन् ।

नेपाल तरुण दलका महासचिव शाहीले गायक शर्मालाई गीत गाएको र निकालेकै भरमा दुःख दिने थुन्ने लगायतका कार्य भयो भने कम्युनिस्ट सरकारविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।https://youtu.be/tqBFYSUw11E

Leave a Reply