Wednesday, January 27, 2021
Home > special_three > विमानस्थलमा भैरहेको दुर्व्यवहार प्रति “NRNA”काे आपत्ति

विमानस्थलमा भैरहेको दुर्व्यवहार प्रति “NRNA”काे आपत्ति

काठमाडौं । वैदेशिक रोजगारबाट फर्केका आप्mना नागरिकलाई विमान स्थलमा दुव्र्यवहार गरेको प्रति गैर आवासीय नेपालीसंघले दुःख व्यक्त गरेको छ।
संघका उपाध्यक्ष कुल आचार्यले एक विज्ञप्ती जारी गर्दै भनेका छन्।, ‘नेपालीहरुलाई त्रिभुवन विमान स्थलमा भैरहेको दुव्र्यवहारले हामीलाई दुखी बनाएको छ। यस्ता व्यवहार तत्काल बन्द गरिनुपर्छ । वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै नेपाल फर्कंदा झिटीगुण्टा लिएर घर फर्किने पुरानो चलन यथावत कायम रहनुपर्दछ।’
विज्ञप्ती

वैदेशिक रोजगारमा रहेका गैर आवासीय नेपालीहरुलाई त्रिभुवन विमान स्थलमा भैरहेको दुर्व्यवहारले हामीलाई दुखी बनाएकोछ। यस्ता व्यवहार तत्काल बन्द गरिनुपर्छ। वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै नेपाल फर्कंदा झिटीगुण्टा लिएर घर फर्किने पुरानो चलन यथावत कायम रहनु पर्दछ भन्ने हाम्रो मान्यता हो। गैर आवासीय नेपाली संघले आफ्नो अधिकारिक धारणा वैदेशिक रोजगारमा गएका गैर आवासीय नेपालीहरुप्रति आफ्नो साथ समर्थन रहेको एउटा विज्ञप्तिद्वारा सार्वजनिक गरिसकेको छ।

विश्वका ८० देशमा रहेका करिब ४५ लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था भएकाले वैदेशिक रोजगारीमा रहेका साथीहरुको समस्याको समाधान गर्ने जिम्मेवारी पनि गैर आवासीय नेपाली संघको भएको हुँदा आदरणीय अध्यक्ष भबन भट्टज्यूको नेतृत्वमा संघको टिमले समस्याको समाधानको लागि सरोकारवालाहरुसंग निरन्तर छलफल गरिरहेको छ। यसको सकारात्मक परिणाम छिट्टै आउने हामीले विश्वास लिएका छौं।

मैले पनि व्यक्तिगत तवरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार तथा अध्यागमन विभाग र सरोकारवालाहरुसंग यो समस्यालाई यथाशिघ्र समाधान गर्न अनुरोध गरिरहेको छु। हालै बेलायतको भ्रमणमा आउनुभएका अध्यागमन विभागका महानिर्देशक इश्वरराज पोख्रेलले हामीसंगको भेटघाटमा गैरआवासीय नेपालीहरुकालागि छुट्टै डेस्क राख्‍नेबारे छिट्टै निर्णय गरिने बताउनुभएको पनि स्मरण गराउन चाहन्छु।

आउँदो साता लण्डन आउन लाग्नुभएका माननीय अर्थमन्त्रीज्यूसंग पनि मैले यो विषय उठाउने छु। वैदेशिक रोजगारमा जाने गैर आवासीय नेपालीहरुको समस्यासंग हामी धेरै नजिकबाट परिचित छौं र यो समस्याको दीगो समाधान छिट्टै होस् भन्ने पक्षमा लागिरहेका छौं। देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगार क्षेत्रमा कृयाशील नेपालीहरुको समस्या समाधानका लागि नेपाल सरकारले छिट्टै निर्णय लिने छ भन्ने पनि हामीले विश्वास लिएका छौं।

कुल आचार्य

उपाध्यक्ष

गैर आवासीय नेपाली संघ

Leave a Reply