Sunday, January 24, 2021
Home > special_four > अनाथ बालबालिका संगको “प्रेम दिवस”

अनाथ बालबालिका संगको “प्रेम दिवस”

काठमाडौं । प्राय सबै युवायुवति तथा प्रेमील जोडिहरुले एक आपसमा प्रेम र उपहार साटासाट गरेर मनाउने गरिन्छ । युवादेखि बृद्धबृद्धा सम्मनका पुस्ताले मनाउने प्रेम दिवस सवैले आआफ्नै तवरले मनाउने गरिन्छ ।

राजधानी धापासीका केहि युवाहरुको यस्तो जमात पनि देखियो कि प्रत्येक युवाहरु आआफ्नै धुनमा मस्त रहेका बेला केहि युवाहरु धापासीको नेपालतालबोट बाल केन्द्रमा छिरे ।

अनाथ बालबालिकाको स्कुलमा रिजन मडैको नेतृत्वमा प्रेम दिवस मनाउन ति युवाहरु त्यहा पुगेका थिए । ति युवाहरु अनाथ स्कुलमा त्यतिकै पनि पुगका थिएनन् । अनाथबालबालिकाका लागि प्रेमिल उपहारहरु लिएर पुगेका थिए ।

उनीहरुले उक्त केन्द्रमा अध्ययनरत २४ जना बालबालिकालाई केहि खाद्यान्न तथा सैक्षिक सामग्रीको प्रेमिल उपहार प्रदान गरे । बाबा र आमाको मायाँ विना कसैको मायाँमा बसीरहेका उनीहरुलाई ति युवाहरुको प्रेमिल उपहारले सवैको मुहारमा खुशी छाए ।

उनीहरुले उक्त बालकेन्द्र सञ्चालकले प्रेमिल धन्यवाद ज्ञापन गरे । मडैले कसैको मायाँको अभावमा बाँचेका अनाथ बालबालिका सँगै बसेर थोरै मायाँको अनुभुति दिलाउन आफुले सक्ने सहयोग गरेर प्रेम दिवस मनाइएको बताए ।

पत्रकार सम्झना पौडेलले प्रेम साट्न कुनै खास ब्यतिm हुनुपर्छ भन्ने मान्यतालाई तोड््दै आपसि सद्भाव र मायाँमानै प्रेम सफल हुने बताए । अम्मर बिष्ट, नरेन्द्र बिष्ट, अजित शाह, शर्मिला श्रेष्ठ, प्रकाश सिंह कार्की, जनक साउद र प्रभात सापकोटाले आर्थिक सहयोग गरेका थिए ।

जय बहादुर चन्दको प्रमुख आथित्यता रहेको सो कार्यक्रममा डा.दिनेस रावलको विशिष्ट आथित्यता रहेको थियो । त्यस्तै अथितिहरु अजित शाह , नरेन्द्र विष्ट लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply