काठमाडौं । साताव्यापी भारत भ्रमणपछि तरुण दलका महासचिव भुपेन्द्र जंग शाही आज स्वदेश फर्कदै छन् ।
विश्व राजनीतिमा युवाले खेल्नुपर्ने महत्वपूर्ण भुमिका लगाएतका विषयमा भारत सरकारले आयोजना गरेको युवा केन्द्रीत भेलामा सहभागी जनाएर उनी आज फर्कन लागेका हुन् ।
भारतमा रहँदा उनले नेपाल र भारतका युवाहरुको सम्बन्ध, हित, अनुभव आदानप्रदान र देश निर्माणमा युवाहरुको भुमीका लगाएतका विभिन्न कार्यक्रमहरुमा सहभागी जनाएका थिए ।