Wednesday, January 27, 2021
Home > mophosala > गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको गाडि नेविसंघको नियन्त्रणमा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको गाडि नेविसंघको नियन्त्रणमा

पोखरा । पक्राउ परेका आफ्ना नेताहरुको निशर्त रिहाईको माग गर्दै निरन्तर आन्दोलनमा रहेका नेविसंघले प्रदेशका मुख्यमन्त्रीको गाडि नियन्त्रणमा लिएको छ ।

नेविसंघले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्गको गाडी बा २ झ १३६३ नं.को सहित तीनवटा सरकारी गाडि नियन्त्रणमा लिएका हुन् । गत शनिबार पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी आगजनी गरेको आरोपमा ५ जना नेविसंघका विद्यार्थी नेता पक्राउ परेका थिए ।

दुई जना थुनामुक्त भइसकेका छ्न् भने बाँकी ३ जनालाई पनि रिहाइको माग गर्दै नेविसंघ चरणवद्ध आन्दोलनमा होमिएको छ।
गाडि जलाएको आरोपमा नेविसंघका नेताहरु परशुराम पाण्डे, डिफान भुजेल र विनय पौडेल प्रहरी नियन्त्रणमा रहेका छन् । आज मुख्यमन्त्रीको गाडि नियन्त्रण लिएपछि नेविसंघका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । केहीसमय मुख्यमन्त्रीको गाडि नियन्त्रणमा लिएपछि नेविसंघले गाडि प्रहरीलाई जिम्मा लगाएका थिए ।

पक्राउ परेका नेविसंघका सवै नेताहरु अहिले रिहाई भइसकेको बैदाम प्रहरी प्रमुख तथा डिएसपी नविन कार्कीले जानकारी दिए । नेविसंघले आफ्ना नेताहरु निर्दोश रहेको र निशर्त रिहाइको माग गरेका छन् । उनीहरुले बुधबारदेखि थप चरणवद्ध आन्दोलनमा जाने विज्ञप्ती मार्फत जनाएको छ ।

यता उसको माउपार्टी नेपाली कांग्रेस पोखराले पनि नेविसंघको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । आफ्ना कार्यकर्ता निर्दोश रहेको र उनीहरुलाई तत्काल रिहाइ नगरे ससक्त आन्दोलनमा जाने कांग्रेस पोखराका कोषाध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिए ।

Leave a Reply