Monday, January 25, 2021
Home > खेलकुद > पाखर कप फुटबलको उपाधी दोलखा फुटबल संघको पोल्टामा

पाखर कप फुटबलको उपाधी दोलखा फुटबल संघको पोल्टामा

अनमोल बस्नेत,चरिकोट । सिन्धुपाल्चोकमा भएको पाखर कप फुटबलको उपाधी दोलखा फुटबल संघले हात पारेको छ । आज भएको फाइनल खेलमा नगरकोटको तथास्तू क्वललाई २–१ गोलअन्तरले हराँउदै दोलखाले उपाधी आफ्नो हातमा पारेको हो । पहिलो हाफको खेलमा १–१ को गोल भएको थियो ।

खेलको २५ औँ मिनेटमा तथास्तु क्वलका अनिल के.सीले टिमको लागि पहिलो गोल गरेका थिए । त्यसको सात मिनेटपछि दोलखाका असोक तामाङले दोलखा तर्फबाट गोल गर्दै खेल १–१ को बराबरी बनाएका थिए ।

दोस्रो हाफको खेल सकिन सात मिनेट बाँकी छँदा दोलखाका उद्धव खत्रीले दोलखाका लागि अर्को गोल गरेसँगै दोलखाले २–१ अन्तरले हराउँदै उपाधी जितेको दोलखा फुटवल संघका अध्यक्ष गाविन्द श्रेष्ठले बताए ।

विजेता दोलखा फुटबल संघले २ लाख २२ हजार २०२ रुपैँया तथा उपविजेता नगरकोटको तथास्तू क्वलले एक लाख ११ हजार एक सय रुपैँया नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

Leave a Reply