नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्दै केसीको मागप्रति ऐकवद्धता जनाएका छन्।
बिहिबार दिउँसो अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर सभापति देउवाले केसीलाई भेटेका छन्। भेटका क्रममा देउवाले डाक्टर केसीलाई आफ्नो स्वास्थ्य र जीवनको ख्याल गरेर अनसन तोड्न पनि आग्रह गरेका थिए।
देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पास गराएको भन्दै अनसन तोड्न आग्रह गरेका हुन्। सरकारले केसीसँग वार्ता गरेर समस्या समाधान गर्नु पर्नेसमेत उनले बताए।
सरकारले जबरजस्ती विधेयक पास गराएको भन्दै अब सरकारले केसीसँग वार्ता गर्नुपर्ने उनको जिकिर थियो। यस्तै सभापति देउवासँगै कांग्रेस सांसद तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापा पनि केसीको अनसनस्थलमा पुगेका थिए।
उनले डा केसीसँग १५ औँ अनशनका क्रममा भएका सहमतिअनुसार विधेयक नल्याएर केसी मरोस भन्ने तर्फ सरकार लागेको आरोप लगाए।उनले ज्यान जोखिममा पारेर सत्याग्रह नगर्न आग्रह पनि गरे।