Wednesday, January 27, 2021
Home > मुख्य खबर > डा. केसीको जीवन रक्षाको माग गर्दै देशभरको स्वास्थ्य सेवा ठप्प “मुकदर्शक बन्दै सरकार”

डा. केसीको जीवन रक्षाको माग गर्दै देशभरको स्वास्थ्य सेवा ठप्प “मुकदर्शक बन्दै सरकार”

काठमाडौं । संघीय संसदका दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि नेपाल चिकित्सक संघ आवद्ध चिकित्सकहरुले मुलुकभरको स्वास्थ्य सेवा ठप्प पारेका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका प्राध्यापक डा. गोविन्द केसीको १६ औं चरणको अनशन २४ औं दिनमा आइपुग्दा चिकित्सकहरु मुलुकभरका स्थास्थ्य संस्थानमा आकस्मिक बाहेकका अन्य सेवामा सहभागी नभएका हुन् । डा। केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर हुँदा समेत माग सम्बोधनका लागि पहल गर्नुको साटो सरकार उल्टै विधेयक पारित गर्न लागेकाले बिरोधमा उत्रनुको बिकल्प नभएको चिकित्सकहरुको भनाई छ ।

चिकित्सा शिक्षा विधेयक फिर्ताको हुनु पर्ने, डा केसीको जीवन रक्षाका लागि तत्काल पहल थाल्नु पर्ने लगायत माग उनीहरुको छ । संघद्वारा जारी विज्ञप्तिमा सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा सेवा सञ्चालन नगर्ने उल्लेख छ । यस्तै आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनैपनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने समेत संघले चेतावनी दिएको छ ।

Leave a Reply