Saturday, January 23, 2021
Home > mophosala > लोकतन्त्र ; मोति चाम्लिङ

लोकतन्त्र ; मोति चाम्लिङ

संघिय लोकतान्त्रीक गणतन्त्र भनी जारी भैसकेको संबिधानको जगमा उभेर नेपाली जनताले आफ्ना जनप्रतिनिधिहरु संघ र प्रदेशमा चुनेका हुन् । संबिधानमा उल्लेख भए बमोजिम शर्तहरुको पालना गरेर कुनै ब्यवधान नरहेको अवस्थामा उम्मेद्वारी सदर भएर नै आम निर्वाचनमा कोहि जननिर्वाचित भए कोहि पराजित भए!

आफ्ना प्रतिनिधि चुन्ने सवालमा आजाद नेपाली जनताले बिनाकुनै संकोच आफ्ना मत जाहेर गरेका थिए, यो पहिलो ऐतिहासिक संघिय अभ्यासमा जनलहर अकल्पनिय उर्लेर आएको थियो! जनताले दशकौं अस्थिर सरकारहरुले दिएको तितो अनुभवका आधारमा स्थिर सरकारको अपेक्षा गरेकै थिए र vital majority प्रचण्ड बहुमतका साथ बाम गठजोडले परिणाम हात पार्यो! संघ र प्रदेशका बिजयी उम्मेद्वारहरु निसन्देह जननिर्वाचित हुन् ।

जनताले चुनेर पठाइसकेपछी अन्ट र सन्ट, कानूनी ब्यवधान खडा गरि आरोप र आक्षेप लगाएर निर्वाचित जनप्रतिनिधीलाई अधिकार बिहिन बनाउन या जनप्रतिनिधिको अधिकार खोस्ने षडयन्त्र गर्नु लोकले निको नमान्ने गंभिर अपराध नै हो।

त्यस्तो निन्दनिय अपराध गर्न समेत पछि हटेन यो बर्तमान वाम सरकार यदि उम्मेद्वारको योग्यता र आचरण बारे आपत्ती थियो भने उम्मेद्वारी मनोनयन पत्र दर्ता गराउदा ताका नै प्राथमिक कदम किन चालिएन? जनताले मत जाहेर गरि आफ्नो जनप्रतिनिधि चुनिसकेपछी चुन्यौ चुन्यौ, ती जनप्रतिनिधिलाई शपथ ग्रहण गर्नबाट बन्चित राख्नु, निषेध गर्नु त झन अर्को गम्भीर त्रुटि नै हो! जनाधिकारको खिलाफ हो, लोकतन्त्रको मर्मको अबज्ञा हो।

राजीव गुरुङको ब्यक्तिगत छवि या बिगत आगत आफ्नो ठांउमा हुन्छ परन्तु राज्यले निर्धारण गरेको ऐन कानूनबाट बन्चित गर्न नसकेको अवस्थामा निर्बाचित भैसक्ता पनि ११ महिनासम्म उनको नैसर्गिक अधिकार भनौ या मनाङ्गवासी जनताको अधिकारलाई कुन्ठित पार्नु लोकतन्त्रमा लज्जाजनक हो, निन्दनिय हो र बर्तमान सरकारको अपराधिक हर्कत हो।

तथापी निर्वाचित जनप्रतीनिधीले ११ महिनासम्मको बिलम्वका वावजुद भएपनी आफ्नो अधिकार प्राप्त गरेकोमा हार्दिक बधाइ भन्नै पर्छ, ढिलो गरि जनाधिकार प्राप्त गरेकोमा मनाङ जिल्लावासी जनता जनार्दन समेत बधाइका भागिदार छन् । लोकतन्त्रको उपेक्षा लामो समय टिक्दैन । जो आज न्यायिक मन्थनकै जगबाट मनाङ्गे जनता अधिकार सम्पन्न भएका छन् ।

ढिलो चांडो रेशम चौधरीले समेत उन्मुक्ती पाउने नै छन् । हो नेपाली काङ्ग्रेशका अधिकांस नेताले चौधरिको शपथ बारे खुलेर बिरोध त गरेका छन् तर लोकतन्त्रको मसिहा ठान्ने दलले लोकतन्त्रको धज्जी उडाउने हर्कतमा सामेल भएर लोकलाई हंसाउने निर्लज्जता पाल्नु हुदैन । हो रेशम चौधरिलाइ आरोप छ हत्या बिध्वंसको राज्य बिप्लवको  ती केवल आरोप हून। आरोप त खुद झापामा टाउको गिंडेर राजनिती सोझ्याएका केपि ओलि प्रम छन्।

१४ वर्ष हवालतको हावा खाएका त हुन्  हत्या राजनितिमा त पूष्पकमल दाहाल जो उनिसहित पूरै टिमको देशमा हालिमुहाली छ रजाई छ त! यसो भन्दा तर्कले तर्केर वहांहरु बैतरिणी तर्नुहुन्छ। के राजिव गुरुङ र रेशम चौधरिका चाहिँ तर्क होइनन? जय नेपाल!

लोक्तन्त्रका हियति चिन्तक चाम्लिङ वि पि अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष हुन।

Leave a Reply