Friday, January 22, 2021
Home > special_two > केपी ओलीको राजिनामा माग गर्दै देशभर निस्क्यो नेविसंघको राँके जुलुस

केपी ओलीको राजिनामा माग गर्दै देशभर निस्क्यो नेविसंघको राँके जुलुस

कालिकोट । वर्तमान सरकार विरुद्ध नेपाल विद्यार्थी संघ कालिकोटले राँके जुलुस निकालेका छन् । देशैभरी आन्दोलनको कार्यक्रम घोषणा गरे अनुरुप नेविसंघ कालिकोटले राँके जुलुुस निकालेका हुन् ।

नेविसंघका जिल्ला नेताहरु दमन शाही, नेविसंघका जुझारु नेता सन्तोस मल्ल, रचेन्द्र शाही लगाएतका नेता कार्यकर्ताहरु प्रर्दशनमा उत्रेका हुन् ।

सदरमुकामको कालिकोटको जिरो प्वाईन्टबाट सूरु भएको जुलुस प्रतिमाचोकमा गएर कोण सभामा परिणत भएको थियो । उनीहरुले ‘ओली सरकार राजिनामा दे’, ‘भ्रष्टाचारी सरकार मुर्दावाद’ लगाएतका नारा लगाएका थिए ।

यता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि नेविसंघले राँके जुलुस प्रर्दशन गरेका छन्। नेविसंघका सहमहामन्त्री ईश्वर विष्ट, केन्द्रीय सदस्य द्धोय अनिलबहादुर शाही, सुर्खेतका होनाहार विद्यार्थी नेता सुरेन्द्र प्रसाद काफ्ले, हरि शर्मा, महिला नेतृ यमुना सापकोटा शिक्षक क्याम्पस र विश्वविद्यालय लगाएत सुर्खेतका विद्यार्थी नेताहरुको सहभागिता थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

 

Leave a Reply