काठमाडौं– सरकारका निर्णय र काम कारवाहीको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आगामी माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।
आइतबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषदले गरेका नियुक्तिलगायतका विषय सच्चाउन माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकपछि जानकारी दिएका छन् ।
सरकारका जनविरोधी कामकारवाही र निर्णय विरुद्ध माघ २१ गते केन्द्रको निर्देशनमा ७७ वटै जिल्लामा विरोध पदर्शन गर्ने निर्णय भएको प्रवक्ता शर्माको भनाई छ । त्यस्तै अर्को बैठक सोमबार बस्ने छ ।
सोमबारको बैठकले ने वि संघ र पार्टी विधानबारे छलफल गर्ने काँग्रेसले जनाएको छ ।