Sunday, January 24, 2021
Home > special_one > सस्तो नारा भजाएर चुनाव जितेजस्तो विकास गर्न त्यती सजिलो छैन् कामरेडः भुपेन्द्रजंग शाही

सस्तो नारा भजाएर चुनाव जितेजस्तो विकास गर्न त्यती सजिलो छैन् कामरेडः भुपेन्द्रजंग शाही

काठमाडौं । कम्युनिष्ट सरकार विरुद्ध ७ वटै प्रदेशमा साता व्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेसका भातृ सस्था नेपाल तरुण दलले आज प्रदेश ५ को बुटवलमा बृहत प्रर्दशन गरेको छ ।

दिउँसो १२ बजेपछि हस्पीटल लाईनबाट हजारौँ कार्यकर्ता सहित सूरु भएको प्रदर्शन राजमार्ग चौडामा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई संवोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मुलुकमा अधिनायकवादको गन्ध निर्मुलु पार्नका लागि तरुण दलको लडाई रहेको बताए । उनले तरुण दलको आन्दोलनलाई कमजोर सम्झीए कांग्रेस र तरुण दल सधनदेखि सडकसम्म चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

यता दलका महासचिव भुपेन्द्रजंग शाहीले सरकारलाई लचक्ताका साथ प्रश्तुत हुन आग्रह गरेका छन् । हिजो कांग्रेस संसदमा हुँदा गरेको व्यवहारको स्मरण गर्न सरकारलाई सुझाए ।

कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको यस्तै रवैया रहने हो भने मुलुकले आर्थिक, सामाजिक रुपमा ठुलो क्षती व्यहोर्नुपर्ने अवस्था आउने दावी गरे ।

उनले संसदमा सभामुख कृष्ण महाराले स्वतन्त्र रुपमा सभामुखको मर्यादा कायम गर्न नसक्नु र एउटा दलको कार्यकर्ता जसरी प्रतिपक्षलाई गरेको व्यवहार कानुनी राज्यको उपहास भएको जिकिर गरे ।

महासचिव शाहीले जनताले दिएको बहुमतको कदर गर्न नसक्दा मुलुकमा शुसासन हराउँदै गएको टिप्पणी गर्दै जनतालाई ढाटेर विकासका नाममा चुनावी नारा भजाएर चुनाव जित्नु जस्तो सजिलो विकास गर्न त्यती सजिलो छैन कामरेड ? भन्दै प्रश्न गरे ।

कार्यक्रममा तरुण दलका केन्द्रीय नेताहरु प्रदेश पाँचका जिल्ला अध्यक्षहरुले संवोधन गरेका थिए । तरुण दलको आन्दोलनलाई भड्कीलो हुन नदिनका लागि बुटवलको सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।

Leave a Reply