Friday, January 22, 2021
Home > special_four > सरकार विरुद्ध प्रदेश नं. ३ मा आज हजारौँ कार्यकर्ता उतार्ने तरुण दलको तयारी

सरकार विरुद्ध प्रदेश नं. ३ मा आज हजारौँ कार्यकर्ता उतार्ने तरुण दलको तयारी

हेटौँडा । नेपाली कांग्रेसका भातृ सस्था नेपाल तरुण दल आज प्रदेश ३ को राजधानी हेटौँडामा विशाल प्रर्दशन गर्ने तयारी गरेको छ । नेपाल तरुण दल केन्द्रको निर्देशन अनुसार आज तरुण दलले वर्तमान सरकारको रवैया विरुद्ध विशाल प्रदर्शनको तयारी थालेको हो ।

तरुण दलको यो कदमलाई नेपाली कांग्रेसले पनि साथ दिएको छ । उसको प्रर्दशनलाई भव्य रुपमा सफल बनाउन कांग्रेस केन्द्रले यस अघि नै जिल्ला नेतृत्वलाई परिपत्र गरिसकेको छ ।

सरकारका विरुद्ध दवाव सृर्जना गर्न हिजो मात्र २ नं. प्रदेशको जनकपुरमा हजारौँको संख्यामा आज हेटौँडामा कार्यकर्ता उतार्ने तयारी तिव्र तयारी छ । आजको कार्यक्रमलाई संवोधन गर्नका लागि तरुण दलका केन्द्रीय नेताहरु हिजो प्रदेश नं. तीनको हैटौडामा पुगीसकेका छन् ।

आजको विशाल प्रदर्शनपछिको सभालाई तरुण दलका केन्द्रीय नेताहरु अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भपेन्द्रजंग शाही र कोषाध्यक्ष बिद्धान गुरुङ लगाएतका नेताहरुले संवोधन गने हेटौँडा तरुण दलका अध्यक्ष ईश्वर पाठकले जानकारी दिए ।

उनका अनुसार प्रदेश तीनको प्रर्दशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सर्व कार्यकर्ताहरु हेटौँडा पुगिसकेको र आज विहान पनि आउने क्रम जारी रहेको जनाए ।

यता प्रहरी प्रशासनले तरुण दलको कार्यक्रम भड्कीलो नहोस भन्दै तीन नं. प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply