Friday, January 22, 2021
Home > mophosala > मकवानपुर तरुण दलले आन्दोलनको तयारी थाल्यो,१० गते प्रदेशस्तरीय आन्दोलन गर्ने

मकवानपुर तरुण दलले आन्दोलनको तयारी थाल्यो,१० गते प्रदेशस्तरीय आन्दोलन गर्ने

नेपाल तरुण दलले सरकारको अधिनायकवादी चरित्र विरुद्ध देशब्यापी गर्न लागेको प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रमको तयारीका लागि आईतबार पार्टीका जिल्ला पदाधिकारी र जिल्लाका भातृ तथा शुभेच्छुक संस्थाका प्रमूखबीच छलफल गरी तयारीलाइ घनिभुत पारेको छ ।

नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षमा भएको तयारी बैठकमा  जिल्ला सचिवद्धय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, तरुण विभाग प्रमुख अर्जुन तिवारी, जिल्ला सदस्य भीमसेन महत, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक,सचिब सचित थापा, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सविन भट्टचार्यलगायत भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नेपाल तरुण मकवानपुरले यही माघ १० मा ३ नम्बर प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न गर्नुपर्ने गृहकार्यको बारेमा आ-आफ्नो धारणा राखेका थिए । तरुण दल मकवानपुले प्रदेशका सबै जिल्लाबाट तरुणहरु उतार्ने जानकारी गराएको छ  ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply