Wednesday, January 27, 2021
Home > special_three > कम्युनिष्ट सरकार विरुद्ध सडकमा उत्रण कार्यकर्तालाई कांग्रेस केन्द्रको निर्देशन (विज्ञप्ती सहित)

कम्युनिष्ट सरकार विरुद्ध सडकमा उत्रण कार्यकर्तालाई कांग्रेस केन्द्रको निर्देशन (विज्ञप्ती सहित)

काठमाडौं । वर्तमान केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार विरुद्ध नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलले सातै प्रदेशमा गर्न लागेको बिरोध प्रर्दशनमा ऐक्य बद्धता जनाउन कांग्रेस केन्द्रले जिल्लालाई निर्देशन दिएको छ ।

पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै माघ ८ गतेदेखि तरुण दलले आयोजना गरेको बिरोध कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन निर्देशन दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, “नेपाल तरुण दल केन्द्रीय समितिले वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवाद चरित्र, भ्रष्टाचार, निर्मला पन्त हत्याकाण्ड लगाएतका गैरकानूनी र अलोकतान्त्रिक क्रियाकलापको विरुद्धमा देशका ७ वटै प्रदेशहरु तरुणहरुको बिरोध प्रर्दशन कार्यक्रम अन्तरगत विरोध ¥याली र विरोध सभाको कार्यक्रम गर्ने निर्णय गरेको हुँदा आफ्नो प्रदेशमा हुने उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न जिल्लाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिदिनुहुन निर्देशन अुनसार अनुरोध गरिन्छ ।”

नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेत्तृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र बिरुद्ध सातवटै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन गर्ने यस अघिनै घोषणा गरिसकेको छ । उक्त विरोध सभामा तरुण दलका केन्द्रीय नेताहरु सातै प्रदेशमा पुग्ने दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिएका छन् ।

शाहीका अनुसार केन्द्रीय नेताहरु अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भपेन्द्र जंग शाही र कोषाध्यक्ष बिद्धान गुरुङ लगाएतका नेताहरु बिरोध सभालाई संवोधन प्रदेशमा पुग्नेछन् ।

मुलुकमा व्याप्त भ्रष्टाचार, महंगी, मुल्यबृद्धि, प्रेस माथी हस्तक्षेप, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन कार्यक्रम तय गरिएको तरुण दलका महासचिब भुुपेन्द्रजंग शाहीले जानकारी दिए ।

आन्दोलनका कार्यक्रम

माघ ८ गते प्रदेश एकको विराटनगर

माघ ९ गते प्रदेश २ को जनकपुर

माघ १० गते प्रदशस तीनको हेटौंडा

माघ ११ गण्डकी प्रदेशको पोखरा

माघ १२ गते प्रदेश ५ को भैरहवा

माघ १३ कर्णाली प्रदेशको सुर्खेत

माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्ती


तरुण दल केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्ती

Leave a Reply