Tuesday, January 19, 2021
Home > special_two > संसदीय सुनुवाई समितिबाट फ्रान्स र थाइल्याण्डका लागि दुई राजदूत सर्बसम्मत अनुमोदन

संसदीय सुनुवाई समितिबाट फ्रान्स र थाइल्याण्डका लागि दुई राजदूत सर्बसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा बोलाइएको थियो ।

यसैबीच फ्रान्सका लागि प्रस्तावित राजदूत दिपक अधिकारीले नेपाली विमान उडान फुकुवा गर्ने बताएका छन् । संसदीय सुनुवाई समितिमा बिहीवार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अधिकारीले भने, ‘फ्रान्समा नेपाली विमान उड्न प्रतिबन्ध छ । त्यो हटाउन पहल गर्नेछु ।’

आफू राजदुत बने फ्रान्सको उडड्यन हेर्ने मन्त्रालय र त्यहााका अधिकारीसाग बुझेर प्रतिबन्ध फुकुवाको पहल गर्ने अधिकारीको भनाइ छ ।

सुनुवाई समितिमा सांसद जितेन्द्रनारायण देवले कालोसूचीबाट हटाउन सके त्यो सबैभन्दा ठूलो सफलता हुने बताएका थिए ।

Leave a Reply