Friday, January 15, 2021
Home > special_four > तरुण दलका केन्द्रीय नेताहरु देश दौडाहामाः आन्दोलनका कार्यक्रममा सहभागी हुन बिराटनगर देखि धनगढी सम्म पुग्ने

तरुण दलका केन्द्रीय नेताहरु देश दौडाहामाः आन्दोलनका कार्यक्रममा सहभागी हुन बिराटनगर देखि धनगढी सम्म पुग्ने

काठमाडौं । नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेत्तृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र बिरुद्ध सातवटै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन गर्ने भएको छ। कार्यक्रममा सहभागी जनाउनका लागि तरुण दलका केन्द्रीय नेताहरु सातै प्रदेशमा सहभागी हुने भएका छन्।

केन्द्रीय नेताहरु अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भपेन्द्र जंग शाही र कोषाध्यक्ष बिद्धान गुरुङ लगाएतका नेताहरुले प्रत्येक प्रदेशमा हुने विरोध जुलुस र बिरोध सभालाई संवोधन गर्नुहुनेछ।

मुलुकमा व्याप्त भ्रष्टाचार, महंगी, मुल्यबृद्धि, प्रेस माथी हस्तक्षेप, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन कार्यक्रम तय गरिएको तरुण दलका महासचिब भुुपेन्द्रजंग शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार अनुसार प्रदेश राजधानीमा बिरोध रयाली, प्रदर्शन गरिनुका साथै बिरोध सभाको कार्यक्रमसमेत तय गरिएको छ।

जस अनुसार आन्दोलनका कार्यक्रम

माघ ८ गते  प्रदेश एकको विराटनगर

माघ ९ गते प्रदेश २ को जनकपुर

माघ १० गते प्रदशस तीनको हेटौंडा

माघ ११ गण्डकी प्रदेशको पोखरा

माघ १२ गते प्रदेश ५ को भैरहवा

माघ १३ कर्णाली प्रदेशको सुर्खेत

माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी

Leave a Reply