मकवानपुर २८ पौष- नेपाली काँग्रेस मकवानपुरका सचिब बुद्ध लामाले अव जनताले कम्युनिष्टले गरेको बिकास र काँग्रेसले गरेको बिकासको तुलना गर्नेपर्ने दिन शुरु भएको बताउनुभएको छ । मकवानपुर गाउँपालीका वडा नं.४ मा आयोजित साधारण तथा क्रियाशिल सदश्यता वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै सचिब लामाले कम्युनिष्टले जितेको क्षेत्र र काग्रेसले जितेको क्षेत्र हेरेर मुल्यांकन गर्न जनता अग्रसर हुनुपर्ने बताएका थिए ।
“स्थानिय परीबेश नै हेर्दा तल मनहरी गाउपालीका कम्युनिष्टले जितेको छ माथि कैलाश गाउपालीका पनि कम्युनिष्टले नै जितेको छ बिचमा रहेको राक्सीराङ गाउपालीका काग्रेसले जितेको छ , अब यहीको बिकासको पनि तुलाना होस । कहाँ कती कसरी बिकास हुदैछ ,जनताले चनाखो भएर हेरुन” लामाको भनाइ थियो । कम्युनिष्टहरु झुटका पुलिन्दा बाडुने पार्टी हो भनेर प्रमाणित हुदै गइरहेको भन्दै सचिब लामाले देश काग्रेसकै बाटोमा अगाडी बढीरहेको बताए ।
सबै काग्रेसकै पथमा छन, तपाइहरु आजबाट काग्रेस परीवारको नया सदश्य थपिनु भएको छ । तपाइ जिम्मेवार भएर लाग्नुहोला । काग्रेसको भबिश्य नै नया सदश्यहरुको हातमा छ भन्दै लामाले कार्यकर्ताको हौसला बृद्धि गर्न काग्रेस नया भएर आउने बताए ।
कार्यक्रममा नेबि संघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल सचिब सचित थापा लगायतले सम्बोधन गरेका थिए । वडा संयोजक बिकास ब्लोनको सभापतित्वमा भएको कार्यक्रममा कार्यकर्ताको ठुलो उपस्थितीका बिच साधारण तथा क्रियाशिल गरी दुुइ थरीको सदश्यता बितरण भएको थियो ।