Tuesday, January 26, 2021
Home > mophosala > रकारले छानबिन समिति बनाउँदैमा लेखा समिति चुप बस्न नमिल्ने ; वाइडबडी खरिद प्रकरण

रकारले छानबिन समिति बनाउँदैमा लेखा समिति चुप बस्न नमिल्ने ; वाइडबडी खरिद प्रकरण

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी खरिदको छानबिन गर्न बनाएको उपसमितिका संयोजक राजेन्द्र केसी र सदस्यहरुले प्रतिवेदनको बचाउ गरेका छन् ।

शुक्रबार लेखा समितिमा भएको छलफलमा सत्तारुढड नेकपाका अधिकांश सांसदहरुले राजनितिक पूर्वाग्रहका आधारमा प्रतिवेदन आएकाे आशंका गरेका थिए ।

तर उपसमिति संयोजक राजेन्द्र केसीले इमान्दारिता र निष्ठामा प्रश्न नगर्न आग्रह गरे । समितिमा आएको टिप्पणीले दुःख लागेको भन्दै उनले भने राजनीतिक पूर्वाग्रह राखिएको छैन ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृह सचिव प्रेम राईलाई दिएको सत्तारुढ सांसदहरुबाट आएको प्रश्नमा उनले जवाफ दिए । उनकाअनुसार विमान खरिद सर्वेसर्वा बोर्ड हो ।

तर महालेखा परीक्षकको प्रतिवेदनले गल्ती औल्याइसकेको अवस्थामा मन्त्री अधिकारीले रकम भुक्तानी गरेको स्वीकार गरेको भन्दै उनले भने मन्त्रीले जिम्मेवारी लिनुपर्छ । विमान आउँदा मैले ल्याए भन्ने अनि कमजोरीबाट भाग्न पाइँदैन ।

उनले गृहसचिव प्रेम राईलाई कारबाही सिफारिस गर्नुको कारण पनि खुलाए । उपसमिति संयोजक केसीका अनुसार यो विमान सार्वजनिक खरिद ऐनको ३६ (१) अनुसार मात्र खरिद गर्न मिल्छ । महाप्रवन्धक सुगतरत्न कंसाकारले त्यस अनुसार निर्णय गरेका थिए । तर तत्कालीन पर्यटन सचिव रहेका राईले नै ३६ (२) अनुसार प्रक्रिया चाले र त्यहीबाट गडबडी सुरु भएको थियो ।

समितिका सदस्य प्रेम आलेले पनि दलभन्दा माथि उठेर प्रतिवेदन तयार पारेको बताए । उनले भने हामीले डस्टिबिनमा फालेको प्रतिवेदन उठाएर ल्याएको होइन । हामीले जे देखेका छौं त्यही राखेका छौं । कुनै पूर्वाग्रह राखेको छैन ।

छानबिन उपसमितिका अर्का सदस्य प्रदीप यादवले पनि तीन वटै मन्त्री दोषी रहेको बताए । उनले भने दोष कसको कति छ भन्ने अख्तियारले छानविन गरोस् ।

छानबिन समितिका संयोजक र सदस्यहरुले प्रतिवेदन थपघट गर्ने अधिकार समितिलाई रहेको तर सरकारले छानबिन समिति बनाउँदैमा लेखा समिति चुप बस्न नमिल्ने बताए ।

Leave a Reply