Tuesday, January 19, 2021
Home > mophosala > नेपाल प्रहरी द्वारा तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा

नेपाल प्रहरी द्वारा तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा

काठमाडौं । नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।

प्रहरीका एक अधिकारीले भने आश्रममा छापा मारेका छौं अहिले यत्ति भन्छौं । बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाइ अनुमति दिएको थियो ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।

Leave a Reply