Tuesday, January 19, 2021
Home > mophosala > प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतमा पुगेर गरे पदभार ग्रहण

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतमा पुगेर गरे पदभार ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेर हदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उनको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गरे ।

न्यायपरिषद्को सिफारिशमा विसं २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गरेका राणाले विसं २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर विसं २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र विसं २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे ।

त्यसक्रममा पुनरावेदन अदालत दीपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाए । विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका थिए ।

राष्ट्रपतिबाट शपथ लिएपछि राणाले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन् । उनको चार वर्षको कार्यकाल रहनेछ ।

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन् । शितल निवासमा बुधबार बिहान एक समारोहबीच जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका थिए ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले न्यायसम्पादन क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिकरोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रामाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको दाबीसमेत गरेका छन ।

प्रधानन्यायाधीश जबराले आजै सर्वोच्च अदालत पुगेर पदभार पनि ग्रहण गरेका छन । २०१४ मंसिर २८ गते जन्मेका जबरा २०३६ मंसिर ६ देखि कानुन व्यवसायमा प्रवेश गरेका हुन ।

२०३९ सालदेखि २०४९ सम्म तत्कालीन काठमाडौं नगरपञ्चायतको कानुनी सल्लाहकार रहेका जबरा २०५२ को चैत मसान्तसम्म कानुन व्यवसायमा सक्रिय थिए । त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएका थिए ।

पुनरावेदन तहमा रहँदा ४ हजार ५ सय मुद्दा फैसला गरेका उनले २०७१ जेठ १३ गते सर्वोच्चमा न्यायाधीश भएपछि हालसम्म ६ हजार ४३८ मुद्दा फस्र्याेट गरिसकेका छन ।

Leave a Reply