Wednesday, January 20, 2021
Home > mophosala > डा.केसी र सरकार विच भयकाे सहमतिमा शिक्षा मन्त्री पाेखरेल बाधक बन्ने सम्भाबना

डा.केसी र सरकार विच भयकाे सहमतिमा शिक्षा मन्त्री पाेखरेल बाधक बन्ने सम्भाबना

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्षभित्र हटाउने विषय चिकित्सा शिक्षा ऐनमा राख्न नहुने बताएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको छलफलमा उनले यस विषयमा अध्ययन गर्न सरकारले आयोग बनाएको भन्दै उक्त आयोगको सुझाव अनुसार मात्र जान सकिने बताएका हुन् ।

हाल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मार्फत चिकित्सा शिक्षाको माध्यमिक र उच्च माध्यमिक तहको पढाइ भइरहेको छ । तर डा. गोविन्द केसीसँगको सरकारको सहमतिमा सीटीईभीटी अन्तर्गतका कार्यक्रम ५ वर्षभित्र फेजआउट गर्ने सहमति छ ।

शिक्षामन्त्री पोखरेलले उक्त सहमति भए पनि आयोगले तीन महिनाभित्रमा प्रतिवेदन दिने भन्दै प्रतिवेदनअनुसार नै जान सकिने बताएका हुन् फेजआउट भन्ने कुरा सहमतिमा बनेको भए पनि चार महिनाको समय अवधि दिएर सरकारले आयोग बनाएको छ । आयोगको एक महिना समय सकियो । उक्त आयोगको रिपोर्ट आउँछ त्यसअनुसार जाउँला । अहिले फेजआउटको विषय नराखौं मन्त्री पोखरेलले भने ।

उनले निजी क्षेत्रले अहिले सन्चालन गरिरहेका मेडिकल कलेजहरु सरकारले किन्न सक्ने अवस्था नभएकाले फेरि नयाँ समझदारी गर्नुपर्ने बताए । कांग्रेस सांसद गगन थापाले पनि सम्झौताअनुसार नै सीटीईभीटी अन्तर्गतका कार्यक्रम फेजआउट गर्नुपर्ने बताए । उनले भने केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा ऐन बन्नुपर्छ हाम्रो धारणा यही हो । काठमाडौं बाहिर मेडिकल कलेज खोल्न दिने सन्दर्भका विषयमा कांग्रेस उदार छ ।

पूर्वशिक्षा मन्त्री चित्रलेखा यादवले सम्झौता पालना नभए गोविन्द केसी फेरि अनसन बस्ने चेतावनी दिइन् । पूर्वशिक्षामन्त्री खगराज अधिकारीले सरकारले तोके बमोजिम भन्ने शब्दावली राखेर अगाडि बढ्न सकिने धारणा राखे ।

Leave a Reply