Friday, January 15, 2021
Home > mophosala > नेकपाले एक महिनाभित्रै स्थानीयस्तरसम्मकै पार्टी एकीकरणको काम सक्ने

नेकपाले एक महिनाभित्रै स्थानीयस्तरसम्मकै पार्टी एकीकरणको काम सक्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले एक महिनाभित्रै स्थानीयस्तरसम्मकै पार्टी एकीकरणको काम सक्ने तयारी गरेको छ । एकीकरणका बाँकी काम बारे गृहकार्य गर्न गठित नौ सदस्यीय कार्यदलले एक महिना भित्रै पार्टी एकिकरण सक्ने गरी कामलाई तीब्रता दिएको हो ।

एक महिना भित्रै स्थानीयस्तरसम्मकै पार्टी एकीकरण टुंग्याउने गरी कार्यदल जुटिसकेको कार्यदलका सदस्य लेखराज भट्टले बताए । तत्कालीन एमाले र माओवादीबीच एकता भएको सात महिना बितिसके पनि यसबीचमा प्रदेश कमिटी टुङ्गो लागेको छ तर त्यसभन्दा तलका कमिटीहरूले पूर्णता पाएका छैनन् ।

जनर्गीय सङ्गठनको एकता पनि हुन सकेको छैन । पोलिटब्युरो पनि गठन भएको छैन । पार्टी एकीकरण प्रक्रियामा सहजीकरण गर्नका लागि कार्यदलले प्रतिवेदन तयार गर्ने छ ।

Leave a Reply