Monday, January 25, 2021
Home > mophosala > राष्ट्रपतिले राजा महाराजाको जस्तो सेवा सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय हैन ; पशुपति शमशेर राणा

राष्ट्रपतिले राजा महाराजाको जस्तो सेवा सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय हैन ; पशुपति शमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुलाई राष्ट्रिय ढुकुटी रित्याएर सेवा र सुविधा चाहिएको तर्क गर्दै राष्ट्रपतिलाई राजा महाराजाको भन्दा महँगा र सुविधा सम्पन्न सवारी साधन चाँहिएको बताए ।

सरकारले राष्ट्र र नागरिकको पक्षमा सिन्कोसमेत भाँच्न नसकेको टिप्पणी गर्दै अध्यक्ष राणाले देशको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दावीसमेत गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको तर्क पनि गरेका छन् ।

अध्यक्ष राणाले राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे । राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शीतल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष राणाको आपत्ति छ ।

Leave a Reply