Tuesday, January 19, 2021
Home > mophosala > समाजवादको यात्रा गम्भीर र लामो यसका लागि व्यापक एकताको खाँचो ; अध्यक्ष दाहाल

समाजवादको यात्रा गम्भीर र लामो यसका लागि व्यापक एकताको खाँचो ; अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताए ।

अध्यक्षल दाहालले नेकपा नयाँ बाटोमा भए पनि पार्टीले आफ्ना आदर्श र उद्देश्य नछोडेको भन्दै उद्देश्य प्राप्तिका निम्ति उकालो चढ्ने र कहिले ओरालो झर्ने काम भइरहेको बताए । उनले आफुले जनयुद्ध देखि अहिलेको अवस्था सम्म आइपुग्दा राजनीति र समाजको शिखरमा पुग्ने प्रयास गरिरहेको बताए ।

अध्यक्ष दाहालले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर तथा क्रान्तिकारी पार्टी र संसद्वादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी राज्य सम्भव भएको बताए । दाहालले समाजवादको यात्रा गम्भीर र लामो यात्रा भएको भन्दै यसका लागि व्यापक एकताको खाँचो औल्याएका छन ।

कार्यक्रममा चन्द नेतृत्वको विद्यार्थी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ नेता तथा कार्यकर्तालाई उनले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराएका थिए । नेकपा प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष नेकपाको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वाससहित पार्टीमा प्रवेश गरेको बताए ।

Leave a Reply