Wednesday, January 27, 2021
Home > mophosala > नेपाल विद्यार्थी संघ वन विज्ञान संस्थान हेटौडा अध्यक्षमा ललित जंग खड्का

नेपाल विद्यार्थी संघ वन विज्ञान संस्थान हेटौडा अध्यक्षमा ललित जंग खड्का

१५ पुस, हेटौँडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्यक्ष संस्थान  हेटौँडाको अध्यक्षमा ललित जंग खड्का सर्वसम्मत चयन भएका छन् ।

आइतबार भएको अधिवेशनबाट खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको  छ। यसैगरी समितिको उपाध्यक्षमा प्रतिक विक्रम शाह , विनय कुमार, नरेश भण्डारी, मुकुन्द पौडेल, सुस्मिता खड्का र मुन्ना चौधरी चयन भएका छन् । त्यसैगरी सचिवमा विशाल कोईराला, सहसचिव वेदप्रकाश यादव, कोषाध्यक्ष युव्या शर्मा र सदस्यहरुमा भरत रोकाया, भुवन जोशीलगायतका रहेका छन् ।

उद्घाटन समारोहपछि भएको बन्दशत्रले नया कार्यससमती सर्बसम्मत गरेको हो । उद्घाटन समारोहमा शुभकामना मन्तब्य दिनहुदै कार्यक्रमका प्रमुख अतिथि तथा नपाली काग्रेस मकवानपुर सचिब बुद्ध लामाले ने.बि.संघ गौरबशाली संगठन भएको भन्दै काम गर्ने मान्छे सक्रीय र दुरदर्शि वन्नुपर्नेमा जोड दिए । समारोहमा बोल्दै पार्टी कोषाध्यक्ष गोपिलाल बिश्वकर्मा तथा प्रवक्ता प्रदिप कोइरालाले नेपालबिधार्थी संघ वन बिज्ञान अभ्ययन संस्थान हेटौडाको खुलेर प्रंशसा गर्दै संगठनहरु यसरी नै गतिशिल बन्न अनुारेध गरेको थिए ।

उद्घाटन समारोहमै बोल्दै नेपाल बिधार्थी संघ मकावनपुर अध्यक्ष राजु खतिवडाले वन क्याम्पस इकाइले हरेक क्रियाकलापहरु सञ्चालन गरीरहेको भन्दै अन्य इकाइहरुले पनि सिको गर्नुपर्नेमा जोड दिए । वन क्याम्पसले हरेक कुरामा जिल्लासग सम्न्वय गर्दै आएको उल्लेख गर्दै निवर्तमान अध्यक्ष पंकज कुमार ठाकुरलाइ बिशेष धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा निबर्तमान इकाइ अध्यक्ष पंकज कुमार ठाकुरले इकाइले सञ्चालन गरेका गतिबिधिको समीक्षा गर्दै इकाइका उपलब्धीहरुको चर्चा गरे । कार्यक्रममा तरुण अध्यक्ष इश्वर पाठक,सचिब सचित थापा नेता बिकेशलाल श्रेष्ठ ,नेबिसंघ नेता दिपक फ्युयाल क्षेत्रिय सभापती सुबास सापकोटा जिल्ला सचिब प्रबिण हुमागाइ,सहसचिब सुरेन्द्र पौडयाल लगायतको उपस्थीती रहेको थियो ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply