Saturday, January 16, 2021
Home > mophosala > राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भाेली कार्यक्रममा कांग्रेसले खटायका नेता लागे जिल्ला तिर

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भाेली कार्यक्रममा कांग्रेसले खटायका नेता लागे जिल्ला तिर

काठमाण्डौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेसले सवै जिल्लामा आयोजना गर्ने कार्यक्रमका लागि पार्टीले जिल्ला खटाएका नेताहरु तोकिएका जिल्ला जान लागेका छन् ।

नेपाली काङ्ग्रेसले यही १६ गते मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ । ती कार्यक्रमहरुका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ ।

विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

पदाधिकारी मध्ये एक उपसभापति विजयकुमार गच्छेदार, महामन्त्रीद्धय डा शशांक कोईराला र पूर्ण बहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मासहित केन्द्रीय समितिका नौ जना बाहेक अन्य नेताहरुलाई जिल्ला खटाइएको हो । जिल्लामा खटाइएका नेताहरु मध्ये अधिकांश आज जान लागेका हुन भने केही नेताहरु हिजो नै काठमाडौबाट वाहिरीएका छन् ।

Leave a Reply