Friday, January 22, 2021
Home > mophosala > पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदाय आज ल्होसार पर्व मनाउँदै

पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदाय आज ल्होसार पर्व मनाउँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ ।

तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले शुभकामना वक्तव्य दिएका छन् ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । त्यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

Leave a Reply