Tuesday, January 26, 2021
Home > mophosala > नेकपा र राप्रपाका गरी ५८ जना नेपाली कांग्रेसमा प्रवेश

नेकपा र राप्रपाका गरी ५८ जना नेपाली कांग्रेसमा प्रवेश

मकवानपुर १४ पौष । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १७ वडा ईकाले शनिबार प्रशिक्षण, बृद्धबृद्धा क्रियाशिल सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस १७ नम्बर वडा सभापति धुव्रप्रसाद दुलालको सभाध्यक्षता एवं केन्द्रीय सदस्य तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा प्रशिक्षण, सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा विशिष्ठ अतिथिहरु केन्द्रीय सदस्य एवं प्रशिक्षक बद्री पाण्डे, जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, सल्लाहकार रिता खनाल, महासमिति सदस्य धर्मराज लामिछाने, नगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रीय सदस्य एवं प्रशिक्षक पाण्डे र रघुरमण न्यौपानेले दिनुभएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसमा योगदान पु¥याउनु भएकाहरुलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु कृष्णप्रसाद सञ्जेल, कृष्णप्रसाद दाहाल, ईन्दिरा न्यौपाने, अमिक परियारलगायत भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूख एवं पदाधिकारीहरुको उपस्तिथि रहेको थियो । पार्टी प्रवेश कार्यक्रममा ३० वर्षदेखि नेकपा एमालेका संगठित सदस्यसमेत रहेका गोविन्दप्रसाद नेपाल, ध्रुवप्रसाद अर्याललगायत नेकपा र राप्रपाका गरी ५८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply