Thursday, January 21, 2021
Home > mophosala > कालिकाेटकाे पलाता गाउँपालिका १ खाडा गाउँस्थित न्यौपानेबस्तीमा आगलागि ८० घर जलेर नस्ट यकिन विवरण आउन बाँकी

कालिकाेटकाे पलाता गाउँपालिका १ खाडा गाउँस्थित न्यौपानेबस्तीमा आगलागि ८० घर जलेर नस्ट यकिन विवरण आउन बाँकी

कालिकोट । कालीकोटको पलाता गाउँपालिका-  १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भएकाे थियाे।

१३२ बढी घर रहेको न्यौपाने बस्तीका ८० बढी घर आगोले खरानी भएको स्थानीयले  जानकारी दिए । यद्यपि मानवीय क्षति भने नभएको बताइएको छ ।

स्थानीय नवीन न्यौपानेको घरबाट सल्केको आगो खरको छानो भएको सिंगो बस्तीमा फैलिएको छ । क्षतिको  विवरण आइसकेको छैन ।सुख्खा क्षेत्र भएको र खरकाे  छाना भएका घर भएकाले आगो निभाउन नसकिएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

प्रमुख जिल्ला अधिकारी चन्दबहादुर कार्कीले प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । प्रजिअ कार्कीका अनुसार आगलागी भएको स्थान जिल्ला सदरमुकामबाट ३२ कोषको दुरीमा पर्दछ ।

नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । सो बस्ती नजिक इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी कार्यालय पर्छन् ।

स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो ।

त्यहाँ गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको एकिन विवरण बुझ्न कठिन भएको छ । सो क्षेत्रमा सोलार प्रणालीबाट टेलिफोन सेवा पुर्याइएको छ तर त्यहाँ घाम नलाग्दा व्याट्री चार्ज नहुने भएकाले सम्पर्क स्थापित हुन सक्दैन ।

Leave a Reply