Monday, January 25, 2021
Home > mophosala > कांग्रेस महासमिति बैठक लम्किने तथा स्थान नै परिवर्तन हुने सम्भाकना

कांग्रेस महासमिति बैठक लम्किने तथा स्थान नै परिवर्तन हुने सम्भाकना

काठमाडौँ– काँग्रेस केन्द्रीय समितिमा विधानका केही प्रावधानमा सहमति जुट्न नसकेपछि महासमिति बैठक लम्बिने र स्थान नै परिवर्तन गर्नुपर्ने भएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार महासमितिको बैठक सकिनुपर्ने समय पुस ३ गते अर्थात आज हो । तर यो मितिसम्म विधान मस्यौदा प्रतिवेदन नै बैठकमा पेश हुन सकेको छैन जसका कारण बैठक लम्बिने भएको हो ।

काँग्रेसका अनुसार महासमिति बैठकका लागि रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस मङ्सिर २९ गतेदेखि पुस ३ गतेसम्मलाई मात्रै बुक गरिएको थियो । तर विधानमा सहमती नभएपछि बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा बैठक सार्नुपर्ने अवस्था आएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले  बताए ।

उनले भने नेताहरूले अहिलेसम्म विधानमा सहमति जुटाउन सकिराखेका छैनन् । विधानको ७० पेजभन्दा ठूलो पुस्तिका प्रेसमा पठाएर छापिएर आउँदा एकदुई दिन लाग्न सक्छ । विधानमा जति चाँडो सहमति हुन्छ त्यही आधारमा महासमितिको बैठक कति लम्बिने भन्ने टुङ्गो लाग्छ ।

नेता घिमिरेका अनुसार जसरी पनि विधानमा सहमति जुटाउनुपर्ने दबाब नेताहरूलाई बढेको छ । आज सहमति भए भोलिको बैठकमा विधान पेश हुने नेताहरूले बताएका छन् ।

घिमिरेले भने सहमति नजिक पुगेकोे बताइए पनि सहमतिका लागि ठोस आधार तय भएको पाइँदैन।सोमबार अबेरसम्म बैठक चलेको थियो । तर नेताहरू सहमति गर्न असफल हुनुभयो । अहिले पनि प्रमुख नेताहरू सिंहदरबारमा रहेको पार्टी संसदीय कार्यालयमा विधानमा सहमति जुटाउन छलफल गरिरहेका छन् ।

काँग्रेस नेताहरूका अनुसार काँग्रेसको विधानमा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचन पद्धति के अपनाउने भन्नेमा मुख्य विवाद छ सभापति शेरबहादुर देउवा पक्षले सभापति बाहेक दुई–दुई जना उपसभापति, महामन्त्री र सहमहामन्त्री राख्ने र त्यसमध्ये एकएकजना निर्वाचित हुने र एकएकजना मनोनित गर्ने प्रस्ताव गरेको छ । तर रामचन्द्र पौडेल समूहले पदाधिकारी सबै प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने अडान राखेका छन् । यसैमा कुरा नमिल्दा महासमिति बैठकमा विधान मस्यौदा नै पेश हुन सकेको छैन ।

कोषाध्यक्ष पनि निर्वाचनबाट ल्याउनुपर्ने प्रस्ताव पौडेल पक्षको छ भने देउवा पक्ष कोषाध्यक्ष र प्रवक्ता दुवै मनोनित हुनुपर्ने अडानमा छन् । देउवा पक्ष सभापतिले आफू अनकुलका व्यक्ति मनोनित गर्दा पार्टी सञ्चालमा सहज हुने तर्क गर्छन् ।

उनीहरू सबै पदाधिकारी निर्वाचित भएर आएपछि सभापतिलाई असहयोग गरेको खण्डमा पार्टी सञ्चालनमा नै समस्या हुने दाबी गर्छन् । यता पौडेल पक्षका नेताहरू मनोनित पद्धतिले पार्टीमा चाकडीवाद हाबी हुने बताउँछन् ।

यता महासमिति सदस्यहरूले केन्द्रीय समितिबाट विधान पारित नभई महासमितिको बैठकमा छलफलमा नबस्ने अडान लिएका छन् । आजको बैठक सुरु हुनै लाग्दा नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले अगाडि गएर विधान नआएसम्म महासमितिमा  अन्य विषयमा छलफल गर्न नदिने भन्दै अड्किएका थिए ।

यसमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले उनको माइक खोसेका थिए । माइक खोसेपछि केही महासमिति सदस्यहरूले प्रकाशशरण महतलाई धकेलेका थिए ।

Leave a Reply