Sunday, January 24, 2021
Home > प्रवास > कांग्रेस वरिष्ठ नेता पौडेल आज कोरिया जाँदै, कोरियामा बृहद अन्तरक्रियामा सहभागि

कांग्रेस वरिष्ठ नेता पौडेल आज कोरिया जाँदै, कोरियामा बृहद अन्तरक्रियामा सहभागि

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा सहभागि हुनका लागि आज राती कोरिया जाँदैछन् । राति ११ वजे वरिष्ठ नेता पौडेल ५ दिने भ्रमणका लागि कोरिया प्रस्थान गर्ने सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए ।

नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया को आयोजनामा ‘संघीय र समृद्ध नयाँ नेपाल निर्माणको लागि नेपाली कांग्रेसको नेतृत्वदायी भुमिका’ बिषयक अन्तरक्रियामा पौडेल मुख्य वक्ता रहेको जनसम्पर्क समितिका निवर्तमान सभापति तथा नेपाली कांग्रेस माहासमिती सदस्य नवराज शिवाकोटीले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ नेता पौडेल संगै नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ र नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ समेत सहभागि हुनेछन् । पौडेल माघ १७ गते नेपाल फर्कने कार्यक्रम रहेको उनको निजि सचिबालयले जानकारी दिएको छ । अन्तरक्रिया कार्यक्रम नेपाली जनसम्पर्क समिती कोरियाको आयोजनामा जनवरी २७ तारीख राजधानी सौलमा हुन लागेको हो । कार्यक्रमका सम्पन्नका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जनाएका छन् ।

अन्तरक्रिया कार्यक्रममा नेपालको पछिल्लो राजनैतिक अवस्था तथा कोरियामा रहेका नेपालीहरूको समस्या समाधानमा खेल्नुपर्ने भूमिकाको बारेमा पनि बृहत छलफल हुने समितिका सभापति गिरिराज कुँवरले बताए ।  कार्यक्रम लाई ब्यवस्थित र मर्यादित बनाउन समितिका उप–सभापति मोहन पंडितलाई संयोजकको जिम्मा दिइएको समितिका प्रेस विभाग प्रमुख गणेश प्रसाद तिम्सिनाले बताए । उनका अनुसार पौडेलको उपस्थितीमा हुने कार्यक्रमलाई कोरियाबासी नेपालीहरूले धेरै चासोको साथ हेरेका छन् ।

मुल्यमान्यताको राजनिती गर्ने नेताको रूपमा परिचय बनाएका पौडेल नेपाली राजनितीमा बौद्दिक नेता समेत मानिन्छन् भने धनराज गुरुङ अहिलेका चर्चित र लोकप्रिय नेतामा चिनिन्छन जनसम्पर्क समिती कोरियाले सो अन्तरक्रिया कार्यक्रममा उपस्थितीका लागी कोरियाका नेपाली संघ संस्था लगायत सम्पूर्ण कोरियाबासी नेपालीहरूलाई आग्रह गरेको छ ।

कार्यक्रममा नेता पौडेल संग समसामयिक राजनितीक घटनाक्रम ,यहाँका नेपालीहरूले भोग्नु परेको समस्या र समाधानको लागी नेपाली कांग्रेस र नेपाल सरकारले गर्नुपर्ने कार्यका बारे सुझाव तथा प्रश्न प्रत्यक्ष रूपमा राख्न मिल्ने व्यबस्था समेत मिलाईएको समितिका निवर्तमान सभापति तथा नेपाली कांग्रेस माहासमिती सदस्य नवराज सिवाकोटीले बताए ।

Leave a Reply