Saturday, January 23, 2021
Home > mophosala > नेपाली कांग्रेस महासमिति बैठक अाज पनि बस्दै

नेपाली कांग्रेस महासमिति बैठक अाज पनि बस्दै

काठमाठडौँ । नेपाली काँग्रेसको जारी महासमिति बैठक आज पनि जारी रहने भएको छ । बन्दसत्रमा विधान बाहेक अरु प्रतिवेदनको बारेमा छलफल चलिरहेको छ ।

विधानका बारेमा सहमति नहुँदा भने पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । नेता प्रकाशसरण महतले गएराति अवेरसम्म पनि विधान बारेको विवाद मिलाउने कोसिस गरिएको भए पनि सहमति जुट्न नसकेको जानकारी दिए ।

महासमितिमा बन्दसत्र जारी रहँदा विधानको विवाद मिलाउने काम पनि जारी रहने उनको भनाइ छ । बैठकमा देशभरिका करिब १७ सय महासमिति सदस्यको सहभागिता रहेको छ ।

Leave a Reply