Wednesday, January 27, 2021
Home > मनाेरञ्जन > नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय

नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय

हेटौडा । मकवानपुरको हेटौडामा भएको नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारणसभाले प्रदिपकुमार उदयको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिका सदस्यहरुमा राजिवकुमार शर्मा, निरज पोखरेल, नरेन्द्र महर्जन, गोपालकाजी कायस्त, विक्रम पराजुली, मधुसुदन प्रधान, नारायण आचार्य, कपिल दुवा, ओम जैसी, अर्जुन श्रेष्ठ, विरेन्द्रनारायण श्रेष्ठ, अशोक शर्मा तथा मदनमान बज्राचार्य छन्।
३ वर्षे कार्यकालको लागि देशभरका १ सय २६ जना चलचित्रकर्मीहरुहरुले नेतृत्व चयन गरेका हुन्।

Leave a Reply