Wednesday, January 20, 2021
Home > mophosala > विधान संशोधनको प्रस्ताव तयार ; नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

विधान संशोधनको प्रस्ताव तयार ; नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्सिर १३ गतेदेखि विधान संशोधन मस्यौदामाथी काँग्रेस बैठकमा छलफल चलीरहेको छ ।

केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम आज पनि जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गर्नुभएको थियो ।

बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।

Leave a Reply